पोखरा, २२ चैत्र –
पोखराको शान्ति वन वाटिकामा रहेको कृषि उपज बजार अवैध रुपमा संचालनमा आएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा निमार्ण भएका स्टलहरुको जिम्मा लिएको कृषि उपज बजार समिति शान्ति वन वाटिकाले समयमै नविकरण नगरेकोले हाल अवैध रुपमा संचालन हुदै आएको आरोप लागेको छ ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको ४६ रोपनी जग्गामा रहेको कृषि उपज बजार गत असार एक गतेदेखि सम्झौताको म्याद सकिए पनि हालसम्म कुनै टेण्डर विना तथा पुनः सम्झौता विना बजार संचालन हुदै आएको हो ।
पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाश खनालले पहिलो र दोश्रो पटकको सम्झौता विपरित असार एक गतेसम्म सम्झौता भए पनि तत्कालिन मेयर तथा उपत्यका नगर विकास समितिका अध्यक्ष भोला थापाको पालामा भएको २४ बुंदे पालना नभएसम्म पुनः सम्झौता गर्न नसक्ने बताए । बुदा नम्बर १४ मा उल्लेख भए अनुसार कृषि उपज बजारबाट संकलन भएको रकम मध्य उक्त बजार व्यवस्थापन तथा बजार मर्मत सम्हारको लागि ३० प्रतिशत रकम छुट्टाउने र बाँकी ७० प्रतिशत रकम कहाँ कसरी खर्च गर्ने भन्ने जग्गा धनि पोखरा उपत्यका नगर विकास समितिले निणर्य गर्ने उल्लेख भएको छ । तर समितिलाई कृषि उपज बजार समितिले भने बार्षिक रुपमा ४ लाख ९५ हजार बुझाउदै आएको छ । समितिले भने मासिक रुपमा ७ लाख भन्दा बढी भाडा उठाउने गरेको बताईन्छ । यसरी हेर्दा विगत करीब १५ बर्ष देखि हरेक बर्ष ७० लाख भन्दा बढी संकलन भएको कृषि उपज समितिले उक्त करम कहाँ कसरी खर्च गर्यो निकै रहस्य मय भएको जनगुनासो आएको छ । कृषि उपज बजार समितिका जिम्मेवार पदाधिकारीलाई मोवाईलमा सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन ।
कृषि उपज समितिले भने हाल १ सय ५० वटा स्टलहरु मध्यबाट मासिक रुपमा ३ हजार देखि ४ जहार ५ सय रुपैयासम्म अशुल्दै आएको कृषि उपज बजार सघर्ष समितिका एक सदस्य राममणि दाहालले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए । असारबाट सम्भौता सकिए पनि कृषि उपजका स्टलका व्यपारीहरुसंग कृषि उपज समितिले रहकम अशुले पनि नेपाल सरकारलाई कुनै कर नतिरेको र नयाँ सम्झौता समेत गर्न नसकेकोमा उनले बिरोध जनाएका छन ।
कृषि उपज बजारले मनोमानी ढंगले यस अघि पनि आफ्ना मान्छेहरुलाई स्टल मिलाएको, गाडीमा सिण्डीकेट लादेर जनतालाई ढाँड सेक्ने गरी महङगोमा फलफुल तरकारी उपलब्ध गराउने गरेको सघर्ष समितिका सदस्य दाहालले जनाए । आफुहरुले पोखराको चाईनापुल तथा वसपार्क क्षेत्रमा कृषि बजार खोल्ने तयारी गरी रहदा समेत शान्ति वनवाटिकामा रहेको कृषि उपज बजार समितिका केहि पदाधिकारीहरुले अरोध सृजना गर्न खोजेको उनले आरोप लगाए । उक्त कृषि उपज बजारले समयमै सम्झौता नगरी व्यवसाय गरी रहदा पनि स्थानीय सरोकार निकाय मौन वसेकोमा भन्दै उनले गुनासो गरे । २०५५ साल देखि उक्त बजार संचालनमा आएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution