कुँवर ‘गण्डकी नारी सम्मान’ बाट सम्मानित

पोखरा, २६ चैत्र –

विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले समाज सेवामा उल्लेखनिय योगदान पुरयाएकी नारीलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेका छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा जन्मीएर बिभिन्न समाज सेवाका कार्यहरुमा आवद्ध रहदै आएकी राधा कुँवरलाई नगद रु २५ हजार र सम्मान पत्र सहित ‘गण्डकी नारी सम्मान’ कार्यक्रमबाट सम्मानित गरिएको हो । यसअघि सम्मानबाट सञ्चारकर्मी निर्मला शर्मा र गायीका बाबा राणा सम्मानित भईसकेका छन ।

क्लवले ५ बर्षदेखि नियमितरुपमा समाज सेवाका बिभिन्न क्षेत्रमा आवद्ध भई सामाजिक कार्य गरेका महिलाहरु मध्ये एकजनालाई प्रत्येक बर्ष यो सम्मान प्रदान गर्दै आएको हो । यस बर्षको पुरस्कार क्लव २५ बर्ष पुगेको रजत महोत्सवको अवसर पारेर समाजसेवी कुँवरलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रिक गभर्नर धुर्वबहादुर थापाले महिलाहरुको मात्र विश्वकै पहिलो क्लवले समाजमा उत्किृष्ट समाज सेवाको कार्यगर्ने ब्याक्तित्वहरुलाई सम्मन गरी लायनवादमा आफुलाई परिपक्क र उत्कृष्ट क्लवकारुपमा स्थापित गरेको बताए ।‘लायन्स क्लवहरुले समाज समाज सेवाका धेरै कार्र्य गरेका छन,त्यसमध्ये तपाईले गरेको नारीसम्मान कार्यक्रम झनै उत्कृष्ट छ’ उनले भने । ‘समाज सेवामा लागेका महिलाहरुलाई यस्ता सम्मानले थप उर्जा र हौसला प्रदान गर्ने छ’ ।

कार्यक्रममा बिशेष अतिथि एवं पूर्व मल्टिपल काउन्सील चियर पर्सन दिपक श्रेष्ठले समाज सेवामा लागेका नारीहरुको योगदानको मुल्याडकन गरी हौसला र उत्प्रेरणा प्रदान गर्न गण्डकी लायन्सले सञ्चालन गरेको नारी सम्मान कार्यक्रम अत्यन्त सह्रानिय भएको बताए ।

पूर्वमल्टिपल काउन्सिल चियर पर्सन प्रेमवहादुर श्रेष्ठले विश्वकै पहिलो महिलाहरुको क्लवले समाज सेवामा लागेका नारीहरुलाई थप उस्साह तथा हौसला प्रदान गर्दै सामाजिक कार्यहरुमा लाग्ने प्रेरणा प्रदान गर्न र समाज सेवाका कार्यलाई थप प्रोत्साहित गर्ने बताए । कार्यक्रमका किनोट स्पिकर पत्रकार महासंघ महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेलले नेतृत्व ,भातृत्व र सेवाको भावनाले समाज सेवामा लागेका लायन्सले समाज सेवाको उल्लेखनिय कार्यगरेको बताईन् ।

सम्मानित ब्याक्तित्व राधा कुँवरले आफु शारिरिकरुपमा अशक्त हुदाहुदै पनि बिभिन्न समाज सेवाका कार्यहरुमा आन्तरिक समस्याका वावजुदपनि सक्रियरुपमा लागेको बताउदै यस सम्मानले आफुलाई समाज सेवामा अझ सक्रियरुपमा लाग्ने प्रेरणा थपिएको बताईन ।उनले वालवालिकाको क्षेत्र, सिविआर युवा क्लव ,आमासमुह लगायत दर्जनौ विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेकि छन । समाजिक क्षेत्रमा कार्यगरेवापत उनले युनिसेफको संर्घर्षशिल ब्याक्तित्व सन २०१२ बाट समेत सम्मानित भई सकेकी छन । गण्डकी नारी सम्मान कोषमा आर्थिक सहयोज गर्नुहुने विभिन्न ब्याक्तिहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष सीता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव मोना थापा र ईलेक्ट अध्यक्ष शारदा शर्माले गरेका थिए । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवं रिजन चियर पर्सन शारदा पराजुलीले सम्मानित ब्यक्तित्वको वारेमा चर्चा गरेकी थिइन भने कार्यक्रमको संयाजन क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक एडभाइजर बिमला श्रेष्ठले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button