नेपाली काङग्रेस कालिका गाउँ समिति पूर्ण

  • पोखरा न्यूज
  • २०७२ चैत्र २६
Post Thumbnail

पोखरा, २६ चैत्र –

नेपाली काङग्रेस कालिका गाउँ ईकाई समितिले पूर्णता पाएको छ । समितिको शुक्रवार बसेको बैठकले २१ सदस्यिय कार्यसमिति टुङग्याएको हो । समितिका सभापति भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकले पदाधिकारीको समेत चयन गरेको छ ।

जसअनुसार उपसभापतिमा दामोदर भण्डारी, सचिवमा राजेश अधिकारी र राजेश सुनार, सहसचिवमा बिन्ध्येश्वरी त्रीपाठी, कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका हुन् । यसैगरी सदस्यहरुमा शेखरनाथ चर्माकार, राजकुमार राना मगर , भवानीप्रसाद भण्डारी, देवीप्रसाद कुईकेल, गोविन्द अधिकारी, राजेश भुजेल, शिवप्रसाद त्रिपाठी, लोकबहादुर गुरुङ, भोजबहादुर भुजेल, समित केसी, विष्णुहरी तिमिल्सिना, पदम रानामगर, रीखु कुईकेल, हरीशचन्द्र पाण्डेयलाई चयन गरीएको छ । आमन्त्रीत सदस्यहरुमा श्रीकृष्ण तिमिल्सिना, लिलाबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, दुर्गा गुरुङ, सुधा तिमिल्सिनालाई चयन भएका छन् । क्षेत्रीय सभापति विर्जमान गुरुङको विशेस उपस्थितीमा सम्पन्न बैठकले समितिको सल्लाहार समितिलाई पनि पूर्णता दिएको छ । सल्लाहकार समितिमा राजेन्द्र प्रसाद त्रिपाठी, विश्वरमण अधिकारी, गुरुप्रसाद कुईकेल, सुरेन्द्र अधिकारी, गंगा बहादुर गुरुङ, रामकृष्ण त्रिपाठी, हरीप्रसाद भण्डारी, दुर्गाप्रसाद पौडेल, कृष्णप्रसाद अधिकारी, दामोदर पौडेल र भोजराज त्रिपाठी रहेका छन् । पार्टीको १३ औ महाधिवेसनबाट निर्वाचित र मनोनित भई पूर्णता पाएको ईकाई समितकिा सभापतिसहित पदाधिकारी र सदस्य सबैलाई क्षेत्रीय सभापति गुरुङले खादा र अबिर लगाएर सम्मान गर्दै संङगठनको सुदृढिकरण र विकास निर्माणमा कालिका कांग्रेसले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

समिति दत्तचित्तविश्वास व्यक्त गरेका थिए । समितिमा पार्टीको विधान अनुसार समावेशीसहितका महिला , दलित, जनजाती सबै मिलाएर चयन गरीएको ईकाई सभापति ढकालले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस