पोखरा, २६ चैत्र –
२०७२ । १२ ।२६ गते – अनेम संघ वडा समिति ६ को सातौं वडा सम्मेलन समितिको अध्यक्ष कल्पना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ र सातौं वडा सम्मेलनबाट क. उमा भण्डारीको अध्यक्षतामा ३१ जनाको कार्य समिति चयान गरिएको छ । प्रमुख अतिथी अनेम संघ जिल्ला समितिका अध्यक्ष मञ्जु गुरुङ्गले स्थानिय निकायमा ४० प्रतिशत महिलाहरुलाई प्रतिनिधीत्व गराउनको लागि वडावडाबाट महिलाहरुलाई सवल र सक्षम बनाउन प्रशिक्षण र सचेतना कार्यक्रमहरुको योजना बनाएर लाग्नु पर्छ भनेर भन्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला क. सदस्य एवं वडा ईन्चार्ज कृष्ण प्रसाद न्यौपाने , नेकपा एमाले पुर्व जिल्ला क. उपसचिव देवका पहारी , नेकपा एमाले जिल्ला क.सदस्य तथा अनेम संघ जिल्ला समिति सदस्य कमरेड पुष्पा पहारी , नेकपा एमाले जिल्ला क. सदस्य एवं अनेम संघ नगर अध्यक्ष गंगा कुवँर , नेकपा एमाले जिल्ला क. सदस्य हेम कुमार श्रेष्ठ , नेकपा एमाले क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष धन बहादुर नेपाली ,अनेम संघ क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष भगवती पहारी , राष्ट्रिय पर्यटन परिषद सदस्य बासु त्रिपाठी , नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष सुर्य भुजेल , नेकपा एमाले क्षत्रिय सदस्य दुर्गा पहारी , नेकपा एमाले विशेष नगर इलका उपध्यक्ष सिता पहारी , नेकपा एमाले वडा न. ६ का अध्यक्ष भिमसेन भुजेल , नेकपा एमाले पुर्व जिल्ला क.सदस्य गोविन्द कुमार श्रेष्ठ , सामुदायीक सेव केन्द्र – ६ का अध्यक्ष हिरु पुन , ढोरबराही दिदी बहिनी आमा समुहका अध्यक्ष सुशीला पहारी , समाज सेवी तथा अभिभावक चुडामणी पहारलिे बोल्नु भएको थियो ।





