नयाँवर्षको स्वागत गर्दै ‘माफ पाम परिवार’को साँगीतिक साँझ

  • पोखरा न्यूज
  • २०७२ चैत्र २७
नयाँवर्षको स्वागत गर्दै ‘माफ पाम परिवार’को साँगीतिक साँझ

पोखरा, २७ चैत्र

नेपाली नयाँ वर्षको स्वागतार्थ ‘माफ पाम परिवार’ पोखराले वृहत साँगीतिक साँझ गर्ने भएको छ । परिवारले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर साँगीतिक साँझको बारेमा जानकारी दिएको हो । न्यूरोडस्थित दमलक मार्गमा चैत ३० गते साँझ ५ बजेदेखि राती १२ बजेसम्म साँगीतिक साँझ चल्ने परिवारले जनाएको छ ।

‘हामीले साँगीतिक साँझमार्फत युवाहरुलाई एकजुट गराउँदै सामाजिक सचेतना जगाउने उद्देश्य लिएका छौँ ।’ परिवारका अध्यक्ष दिपक थापाले भने–‘टोलको विकास हाम्रो मुख्य लक्ष्य हो । र, नयाँ वर्षको अवसर पारेर हरेक वर्ष हामीले यस्तो खाले कार्यक्रम पनि गर्दै आएका छौँ । यो कार्यक्रम त्यसैको निरन्तरता पनि हो ।’ ‘माफ पाम परिवार’ले स्थानिय टोल विकास समितिसंग मिलेर दमकल मार्गलाई सफा र हरियाली राख्ने अभियान समेत चलाएको छ । साँगीतिक साँझबाट उठेको रकमले अभियानलाई अझै बढि तिव्रता दिने उसले बताएको छ । ‘पोखरालाई सफा र हरियाली शहर बनाऔँ’ भन्ने नारासहित परिवारले नयाँवर्षदेखि अभियान थाल्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

चैत ३० गते हुने साँगीतिक साँझमा दिपक थापा, पोखरेली धुर्मुस र माग्नेबुढा, जय परियार, शान्त बज्राचार्य, प्रकाश राना, ओम गुरुङ, प्रिती आले, सुरज भैरखाईरे, सन्तोष बस्याल लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै तरेली साँस्कृतिक परिवारको पनि विशेष प्रस्तुती हुनेछ । कला र मनोरञ्जनको माध्यमबाट सचेतना जगाउँदा बढि प्रभावकारि हुनुसँगै कलाकारहरुको प्रतिभा विकास पनि हुने भएपछि यो कार्यक्रम गर्न लागेको माफ पाम परिवारले जनाएको छ २ लाख ७७ हजार रुपैयाँ खर्च लाग्ने भनिएको कार्यक्रममा ३ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने परिवारको लक्ष्य छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस