साहित्यकार थापा राष्ट्रिय मुक्तक पुरस्कारबाट सम्मानित

  • पोखरा न्यूज
  • २०७२ चैत्र २७
Post Thumbnail

पोखरा, २७ चैत्र –

साहित्यकार रत्नशमशेर थापा राष्ट्रिय मुक्तक पुरस्कार–२०७२ बाट सम्मानित भएका छन् । मुक्तक मंच पोखराले शनिबार यहाँ आयोजना गरेको पुरस्कार वितरण समारोहमा वरिष्ठ मुक्तककार थापालाई सम्मान गरेको हो । समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नगद ११ हजार १ सय ११ रुपैयाँ नगद, सम्मापत्रसहित दोसल्ला ओढाएर थापालाई सम्मान गरे ।

हरेक २ वर्षमा मुक्तकको क्षेत्रमा प्रदान गरिने उक्त पुरस्कार नेपालमै पहिलो भएको मंचका अध्यक्ष सरला लामिछाने सरुले बताइन् । साहित्यकार विष्णु अल्पविरामद्धारा स्थापित उक्त पुरस्कार यसअघि स्व. कृष्णप्रसाद पराजुलीलाई प्रदान गरिएको थियो । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित समारोहमा सम्मानितपछि थापाले यसले थप उर्जा मिलेको बताए । उनले सो अवसरमा झण्डै ४ दर्जन मुक्तकसमेत वाचन गरे । उनका चोटिला र व्यङ्गयत्मक मुक्तक सुनेर उपस्थित सबैले तारिफ गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले पुरस्कृत व्यक्तित्व नेपालको मुक्तक तथा गीत लेखनमा जिवित धरोहर भएको बताए ।

१९९४ सालमा काठमाडौको कमलपोखरीमा जन्मिएका थापाले १० को दशकमै मुक्तक लेखेका थिए । थुप्रै पुरस्कार तथा सम्मानत पाएका थापाका २ गीतिसंग्रह र २ कविता संग्रह प्रकाशित छन् ।

समारोहमा साहित्यकार विजय बजिमय, कविवर तेजनाथ घिमिरे, सरस्वती प्रतीक्षा, दीपक श्रेष्ठ, मंचका उपाध्यक्ष प्राञ्चल, सचिव पवित्रा भण्डारी पारु, सल्लाहकार कृष्ण देवकोटाले पनि बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस