एल. आई.सी.द्वारा मृत्यु दावी विमा रकम हस्तान्तरण

पोखरा, २८ चैत्र –

लाईफ ईन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ । गत फागुन १२ गते म्याग्दीको दाना गाविस केकरबुट्टामा रहेको पहरोमा तारा एयरको जहाज ठोकिएर दुर्घटनामा परी मृत्यु भएका मध्य बाग्लुङ जिल्ला पाला गाविस तितैरे वडा नं ८ निवासी कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङमा कार्यरत बालकृष्ण निउरेको परिवारलाई मृत्यु दावीको विमा रकम उनका परिवारलाई हस्तान्त्रण गरिएको हो ।

स्वर्गीय निउरेका ६३ वर्षिय वुवा जिवनाथ निउरेलाई एल आई सी नेपालका एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले ५१ लाख ८७ हजार ८ सय ७५ रुपैया बराबरको चेक आईतबार पोखरामा हस्तान्तरण गरेका हुन। निकै भावुक भएका वुवा जिवनाथले आफ्नो छोराले विमा गरेकोले विमा कम्पनीले दिएको उक्त रकम आफ्नो छोराको नाम हुने गरी केहि गर्ने योजना भएको बताए । परिवारले विमाबाट आएको केहि रकमलाई समाजिक क्षेत्रमा खर्चीने भएका छन ।

स्वर्गीय निउरेले करीब छ महिना अगाडी २५ लाखको ३० वर्षिय विमाको ७१ हजार आठ सय ७५ रुपियाँ मात्र एक किस्ता वुझाएका थिए । उनको परिवारलाई विमा कम्पनीले जहाज दुर्घटनामा परी मृत्यु भएकोले उक्त रकम भुक्तानी गरेको हो । बुडेसकालको साहाराका रुपमा रहेका एक मात्र छोराको पनि ज्यान गुमेपछि पिडामा सोकमा परेका वुवा जिवनाथ र आमा कोपिलाको सहारा नै विमा रकम केहि हदसम्म सहारा वन्न सक्ने कम्पनीको दाबी छ ।

तारा एयरको जहाज गत फागुन १२ गते म्याग्दीको दाना गाविस केकरबुट्टामा रहेको पहरोमा ठोकिएर दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त जहाज दुर्घटनामा ३ चालक दल, २ विदेशी र २ बच्चा सहित २३ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button