पोखरा, २९ चैत्र –
लायन्स क्लव अफ पोखरा पीस हिमालयन सिटीको अध्यक्षमा भोजराज बराल चयन भएका छन् । क्लवको सोमबार पोखरामा सम्पन्न निर्वाचन कार्यक्रमबाट लायन वर्ष २०१६÷१७ का लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लवको प्रथम उपाध्यक्षमा टंकप्रसाद खनाल, द्धितीय उपाध्यक्षमा अनन्त पण्डित, तृतीय उपाध्यक्षमा गोविन्द काफ्ले, सचिवमा धर्मदत्त शर्मा अधिकारी, सह–सचिवमा बुद्धिमान शर्मा,कोषाध्यक्षमा लक्ष्मण बराल र सहकोषाध्यक्षमा इश्वरी प्रसाद लम्साल चयन भएका छन् ।
यसैगरी पीआरोमा डोलराज भण्डारी, टेमरमा घनश्याम शर्मा पौडेल,टेलट्वीस्टरमा जगतमोहन गिरी,सदस्य निर्देशकमा लालप्रसाद खनाल(राजन), निर्देशकहरुमा गजेन्द्र खनाल ,कृष्णप्रसाद तिमिल्सीना, टेकनारायण चापागाई, होमनाथ कँडेल,रमेशप्रसाद चापागाई,विष्णुप्रसाद पौडेल,प्रमोद काफ्ले,माधवप्रसाद बराल,शिव थापा र राजकुमार अर्याल चयन भएका छन् साथै सदस्यमा यज्ञराज सुवेदी र अर्जुनप्रसाद शर्मा रहेका छन् ।
कार्यक्रममा बोल्दै लायन्स क्लव ३२५ वी वान नेपालका सेकेण्ड भाईस डिस्ट्रीक गर्भनर धनराज आचार्यले लायन्सवाद समाज सेवामा समर्पित रहेको बताउँदै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशील रहन लायन्सकर्मीलाई आग्रह गरे ।
लायन्स क्लव अफ पोखरा पीस हिमालयन सिटीका अध्यक्ष टेकनारायण पौडेलको समापतित्वमा सम्पन्न कार्यक्रममा रिजनल चेयर पर्सन दुर्गाप्रसाद हुमागाई,लायन्स क्लव अफ पोखरा पीस चौतारीका अध्यक्ष धनञ्जय पौडेल, निर्वाचन समितिका संयोजक मेघनाथ काफ्ले, पीस हिमालयन सिटीका सचिव गोविन्द काफ्ले लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution