पोखरा, २९ चैत्र –
सञ्चारकर्मीहरुको लागि लैङ्गिक उत्तरदायित्व बजेट विषयक एक दिने अभिमुखीकरण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानले यू.एन. वोमनको सहयोगमा उक्त अभिमुखीकरण कार्यक्रमको अयोजना गरेको हो ।
कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, लैङ्गिक र लिङ्ग बीचको अन्तर, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, लैङ्गिक उत्तरदायी बजेट, लैङ्गिक उत्तरदायी बजेट स्थानियकरण रणनीति, लैङ्गिक उत्तरदायी बजेट मापनका सूचकहरु र अभ्यास लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
पोखरा उपमहानगरपालिकाका प्रशासकिय अधिकृत कल्पना बराल र कार्यक्रम अधिकृत दुर्गा न्यौपाने सहजिकरण गर्नुभएको कार्यक्रममा पोखरामा विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर विकास प्रशिक्षण केन्द्रका निर्देशक सुरेन्द्र नेपालीले गर्नुभएको थियो भने सञ्चालन स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका सहायक प्रशिक्षक सुरेशप्रसाद गौतमले गर्नुभएको थियो ।





