बालबालिकाहरुको लागि शान्तिका उपाय सम्बन्धि कार्यशाला सम्पन्न

पोखरा, ३० चैत्र –

बालबालिकाहरुको लागि शान्तिका उपायहरु सम्बन्धि तीन दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ । चिल्ड्रेन–नेपाल र एभिपि नोपल को संयुक्त आयोजनामा कार्यशलामा भएको हो । चिल्ड्रेन–नेपालले विद्यालय पढ्न सहयोग गरेका पो.उ.म.न.पा. का १२ वटा विद्यालयमा अध्ययनरत ३० जना बालबालिको कार्यशालामा सहभागीता रहेको थियो । कार्यशालालाई चिल्ड्रेन–नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेल, वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, रमेश सुवेदी र महेन्द्र पौडेलले सहजिकरण गरेका थिए ।

समापनको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष एवं मुख्य सहजकर्ता रामचन्द्र पौडेलले यस्ता कार्यशालाले बालबालिकाहरुलाई प्रेरणा दिने बताए । तालिममा सिकेको सीपलाई व्यवहारिक जीवन र विद्यालय शिक्षामा कार्यान्वयन गर्दै अगाडी बढ्न आग्रह उनको थियो । सहभागी बालबालिकाले कार्यशाला मार्फत आफ्नो क्षमता वृद्धि भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button