पोखरा, ३० चैत्र –
इम्ब्रोइटरी एण्ड गारमेन्ट एशोसिएशन (एगा) आज लेखनाथ नगरपालिकास्थित भरतपोखरीमा मष्तिस्क तथा पक्षघाट भएका बालबालिकाहरुलाई कट्टु, टिसट तथा अन्य सामाग्री प्रदान गरेको छ ।
साथी संसार नेपालद्धारा संञ्चालित सो केन्द्रमा २४ बच्चाहरु डे–केयर सेन्टरमा रहेका छन् भने अन्य ७० बच्चाहरुलाई घरदैलो सेवा प्रदान गरिएको छ । उक्त सामाग्रीहरु स्ंस्थाका अध्यक्ष पुष्कल बहादुर थापा र संयोजक शंखर भट्टराई र पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठले साथी संसार नेपालका प्रमुखका लुनी शाक्यलाई हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै एगाका अध्यक्ष पुष्कल बहादुर थापाले संस्थाले सामाजिक उत्तरदायीत्व अन्र्तगत अपाङ्ग बालबालिकालाई हौसला प्रदान गर्न उक्त सामाग्री प्रदान गरेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडलले व्यवसायीक संस्थाहरुको सहयोगले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई हौसला मिल्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका प्रमुख लुनी शाक्यले मष्तिस्क पक्षघाट भएका बालबालिकाहरुको जीवनमा गुणस्तरीय सुधार, परिवार र समुदायमा आधारित पूर्णस्थापना विधिलाई अवलम्वन गरी विशेष शिक्षा र घरदैलो सेवा प्रदान गरेको बताउनु भयो । उहाँले यस्ता बालबालिकाको दैनिक जीवनमा गरिने क्रियाकलाप, शारिरीक अवस्था, संञ्चार तथा सामाजिक जीवनमा सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा एगाका पूर्व अध्यक्ष कृष्ण श्रेष्ठ, चिरन्जीविरी पोख्रेल र सचिव विश्वराज पोख्रेल लगायतले मष्तिस्क पक्षघातको बारेमा बोल्नु भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution