पोखराको आकाशमा रहेको तुवाँलो हट्न पानी पर्नु पर्ने

पोखरा, ३० चैत्र –

पछिल्लो केहि दिन देखि पोखराको आकासमा तुवाँलो लागेको छ जसको कारणले गर्दा हवाई उडानलाई यसले असर पारेको हो । नेपालको आकाशमा अहिले पश्चिम क्षेत्रबाट धुलो, धुवाँ छिरेको कारणले गर्दा आकास धमिलो भएकोले यस्तो बस्तु हट्न पानी, तथा असिना पानी पर्नु पर्ने हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले पोखरान्युजडटकम लाई बताए । पोखराको आकासमा तुवाँलो लागेका कारणले गर्दा सोमबार पोखराका कुनै पनि हवाइ उडान हुन सकेन भने मंगलबार केहि उडान मात्र भए ।

गर्मी महिना सुरु भएसंगै खुल्ला आकासमा तुवाँलो लाग्ने र त्यसले भिजिविलिटी कम हुने यो निरन्तरको प्रकृया भएको बताउदै उनले भने “ नेपालको आकाशमा अहिले पश्चिम क्षेत्रबाट धुलो, धुवाँ छिरेको छ , यसले वायुमण्डलमा असर पारेको छ, झन त्यस माथि हाम्रा देशका सयौं ठाँउमा आगलागी भएका छन जसको कारणले गर्दा उहाँको वातावरण धुलो र धुवाँमय हुदा भिजिविलिटि(दुरदृष्टि) कम भएको हो । ” यस्तो अबस्थामा प्राय डोमेस्टीक एयरहरुलाई असर पार्ने बताएका उनले यो मौसम खुल्न पानी पर्नु पर्ने बताए ।

केहीदिन अघि पानी परेपनि प्रयाप्त मात्रमा नपर्दा तुवाँलो हट्न नसकेको उनले बताए । सामान्यतया मार्च, अप्रिल र मेसम्म यस्तो अबस्था हरेक बर्ष हुने गरेको ढकालले जनाए । पाकिस्तान, अफ्गानिस्तान, भारतको राजस्थान हुदै नेपालको पश्चिम क्षेत्रबाट यस्तो धुलो धुवाँ आएको उनले जनाए । मौसमको पुर्वको अबस्था ( प्रि–मनसुन) ले पश्चिमबाट पुर्वतर्फ यस्ता बस्तु लैजाने गर्दछ ।

प्रतिकुल मौसममा कारण पोखराबाट हाल दैनिक जसो १८ वटा भन्दा बढी फ्लाईट हुदै आएको समयमा सोमबार सवै उडान रद्ध भएका थिए भने मंगलबार बुद्ध एयरको बाहेक यति एयरलायन्स र सिम्रिक एयरलाईन्सको केहि फ्लाईट भएको पोखरा नागरीक उड्डयन कार्यालय पोखराका प्रमुख दिपक बरालले पोखरान्युजडटकम लाई बताए । बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले खराव मौसमका कारण सोमबार, मंगलबारका ६-६ वटा पोखरा काठमाण्डौं, काठमाण्डौं पोखराका फ्लाईट रद्ध भएको बताए । बुधबार पनि यस्तै मौसम भए ६ वटा फ्लाईट रद्ध हुन सक्ने उनले जनाए । सिम्रिक एयर पोखराका स्टेशन म्यानेजर विकास बरालले सोमबार सवै उडान रद्ध भए पनि मंगलबार भने विहान जोमसोम पोखरा ३ वटा फ्लाईट र पोखरा काठमाण्डौं एउटा मात्र फ्लाईट गरेको जनाए । अन्य दिनमा सिम्रिक एयरले काठमाण्डांैं पोखरा ३ र जोमसोम पोखरा ५ फ्लाईट गर्दै आएको छ । यति एयरलायन्सले मंगलबार विहान जोमसोम पोखरा दुई फ्लाईट र दिउसो पोखरा काठमाण्डौं एक फ्लाईट गर्यो । सोमबार पनि यतिका करीब ६ फ्लाईट रद्ध भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button