प्रम ओलिको नेतृत्वमा पोखरा क्षेत्रिय अन्तरास्ट्रिय विमानस्थलको सामुहिक शिलान्यास

  • पोखरा न्यूज
  • २०७३ बैशाख १
Post Thumbnail

पोखरा ०१, वैशाख-

पोखरामा नयाँ बर्षको अवसर पारेर बुधबार  पोखरा क्षेत्रिय अन्तरास्ट्रिय विमानस्थलको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा प्रमुख दलका शिर्ष नेताहरु बाट विमानस्थलको भब्य समारोहका बीच विमानस्थल निर्माण स्थल पोखरा मा शिलान्यास गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओली , पूर्व प्रधानमन्त्री एबं एनेकपा माओबादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, उपप्रधानमन्त्री एबं सयुक्त लोकतान्त्रिक मोर्चा अध्यक्ष बिजय कुमार गच्छदार, उपप्रधानमन्त्री एबं राप्रपा नेपाल अध्यक्ष कमल थापाले इटा राखेर सयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

विमान स्थल निर्माणका लागि जग्गा अधिकरण गरिएको ४० वर्ष पछि पोखरा विमान स्थलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यस कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रि केपी शर्मा ओलीले नेपालको विकासका लागि सवै राजनितिक दलहरुको एकता आवश्यक रहेको वताउनुभयो । ‘यो शिलान्यास म आफु एक्लेलै गरेको होइन हामी सवै दलहरुको समान सहभागिता छ’ प्रम ओली ले भन्नुभयो ‘विकासका लागि सवै दलहरुको एकता आवश्य छ ।’

उहाँले पोखरामा असाधारण चुम्वकिए शक्ती रहेको उल्लेख गर्दै पोखरा अव नयाँ युगमा प्रवेश गरेको वताउनुभयो । एउटा इयरपोर्ट वन्न ४०–४० वर्ष लाग्छ उहाँले प्रश्न गदैै भन्नु भयो काम नर्गने हो भने उठ्दै वस्दै गरेर हुन्छ्? प्रम ओलीले भन्नुभयो ‘यो शिलान्यस कार्यक्रम औपचारिकताका  लागि मात्र गरेका होइनौ एयरपोर्ट  निर्माण समयमै सम्पन्न गर्नका लागि गरेका हौं।’ मधेसी दलहरुले गरेको आन्देलनको अव कुनै तुक नरहेको शज्ञा दिंदै प्रम ओलीले २–४ जनाले कपडाको टालो हल्लाउँदैमा विकास अवरुद्ध नहुने वताउँदै ओलीले समग्र तराईको विकासका लागि मधेसी दललाई अगाडी आउन आग्रह समेत गर्नुभयो । उहाँले पोखरा विमानस्थलको शिलान्यस कार्यक्रम संगै निजगढ विमानस्थल र फाष्ट ट्रयाक सडकको समेत निर्माण कार्य अगाडी वढाउने वताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्रि एवं नेकपा एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाद प्रचण्डले मुलुकमा रहेका चुनौती हरु संग सामना गर्न राष्ट्रिय एकता नै विकासको प्रमुख आधार रहेको कुरा वताउनुभयो । आफु प्रधानमन्त्रि रहेको समयमा नै पोखरा विमान स्थल र केरुङ्ग काठमाडौ हुँदै लुम्विनी सम्मको रेल मार्ग निर्माणका लागि चिनिया राष्ट्रपती संग कुरा उठाएको स्मरण गर्दै मुलुक अव नयाँ अभियानमा प्रवेश गरेको धारणा राख्नुभयो ।

सो अवसरमा नेपाली काग्रेसका महामन्त्री सशांक कोइरालाले अव देशमा विकासको तरंग आएको वताउँदै नेपाली कांग्रेस जहिले पनि रचनात्मक एवं सिर्जनात्मक कार्यमा सहकार्य गरेर अगाडी वढने वताउनुभयो । देश गरिव हुनुको पछाडी धेरै कुराहरु रहेको रहेको चर्चा गर्दै महामन्त्री कोइरालाले भन्नुभयो ‘हामी ठूला–ठूला आयोजनाहरुमा राजनिती गर्न हुन्न भन्ने पक्षमा छौं र त्यस्को हामी विरोध पनि गर्दैनौ ।’

सो कार्यक्रमलाई सम्वोधन गर्दै उप प्रधान एव भौतिक निर्माण मन्त्रि विजय कुमार गच्छदारले पोखरा इयरपोर्ट केवल पोखरेलीहरुको मात्र नभई हिमाल पहाड तराई सवै जनताको साझा भएको उल्लेख गर्नुभयो । उहाँेले मधेशको विखण्डन विरुद्ध आवाज उठाउने एक्लो मधेसी नेता भएकोले पहाडियाको पुच्छर भएको आरोप लाग्ने गरेको वताउँदैं मधेस एक प्रदेश विरुद्ध आवाज उठाउन सवैको सहयोग र सर्मथन आवश्यक रहेको वताउनुभयो । उहाँले भन्नुभयो – ‘संविधानसभा वाट संविधान बन्न ६५ वर्ष र एउटा इयरपोर्ट बन्न ४० वर्ष लाग्छ यो विडम्वना हो, त्यसैले रचनात्मक कार्यमा सहकार्य आवश्यक छ ।’

उपप्रधान एव परराष्ट्र मन्त्रि कमल थापाले मुलुकको समृद्धी र विकासका लागि विलम्व नगरी दलहरु विचको राष्ट्रिय एकता अपरिहार्य रहेको कुरा उल्लेख गर्नु भयो । मुलुकले स्थायी राजनितिक प्रणाली नपाएको लामो समय भएको कुरा वताउँदै नेपाली जनतालाई केन्द्रमा राखेर अवको विकास कार्यलाई अगाडी वढाउनुपर्ने वताउनुभयो ।

शिलान्यास समारोहलाई पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, अर्थ मन्त्रि विष्णु पौडेल, संस्कृती,पर्यटन एव नागरिक उड्ययन मन्त्रि आन्नद प्रसाद पोखरेल, विकास समितीका सभापती एव सभाषद रविन्द्र अधिकारी, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतम, चाइना सिएमसी कम्पनीका अध्यक्ष लु यान लगाएतले सम्वोधन गर्नुभएको थियो ।

पोखरा अन्तराष्ट्रिय विमान स्थलको निर्माणका लागि २२ अर्व रुपैयाँ लाग्ने भएको छ भने यसका लागि चाइना एक्जिम बैंक संग ऋण सम्झौत समेत भइसकेको छ । सन २०२० को जुलाई सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको विमान स्थलको निर्माण कार्य चइना सिएमसी कम्पनीले गर्ने भएको छ । शिलान्यास कार्यक्रममा सहभागी हुन ४ नं प्रदेशका सवै जिल्ला वाट उल्लेखनिय रुपमा सर्व साधारणको सहभागिता रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस