पोखरा, १ बैशाख –
नयाँ वर्ष २०७३ साल आगमनको अवसरमा पोखरा ११ रामघाटस्थित गीता मन्दिरमा रहेको आश्रममा आश्रित बृद्धाहरुलाई फलफुल, जुस लगायत खाद्य पदार्थ वितरण गरिएको छ ।
पोखरा १० रामघाट निवासी समाजसेवी युवाहरु मिरा घले, रिना घले, ज्योति गुरुङ र प्रतिमा ढकालले एक कार्यक्रम आयोजना गरी गीता आश्रममा आश्रित ११ जना बृद्धाहरुलार्य फलफुल, जुस लगायत खाद्य पदार्थ वितरण गरिएको हो ।
नयाँवर्षमा आगमनमा केही न केही मानवीय तथा समाज उपयोगी कार्य गर्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई विगतको वर्षहरुमा पनि आफुहरुले विभिन्न गतिविधी गर्दै आएको र यस वर्ष पोखराको केन्द्र भागमै रहेको गिता मन्दिरमा आश्रित बृद्धाहरुसँग भेटघाट गरी फलफुल, जुस र खाद्यपदार्थहरु वितरण गरिएको मिरा घलेले बताउनुभयो । बृद्धबृद्धाहरुको सेवा गर्दा आफुहरुलाई आत्मसन्तुष्टि मिल्ने भएकाले नयावर्षको अवसरमा गिता आश्रममा फलफुल वितरण गरेको बताउनुभयो ।
नयाँवर्षमा धेरै मन्दिर धाउछन्, हामी पनि गिता मन्दिर पुगेर आश्रममा रहेका बृद्धाहरुसँग भेटघाट गरि आशिर्वाद ग्रहण गरेको ज्योति गुरुङले बताउनुभयो ।
अर्का युवा समाजसेवी प्रतिमा ढकालले अरु बृद्धाआश्रममा धेरैले सहयोग गरिरहेकाले तर पोखराको रामघाटमै रहेको गिता मन्दिर आश्रममा रहेका बृद्धाहरु खासै सहयोग नभइरहेको थाहा भए पनि आफुहरु नयाँबर्षको अवसरमा बृद्धाहरुलाई सहयोग गरेको बताउनुभयो ।





