लायन्स महाधिबेशनको तयारी पुरा

  • पोखरा न्यूज
  • २०७३ बैशाख २
लायन्स महाधिबेशनको तयारी पुरा

पोखरा, २ बैशाख –

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी१ नेपालको पोखरामा हुन गैरहेको चौथो राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । बैशाख ४ गते शनिवार पोखरा सभागृहमा सम्पन्न हुने महाधिबेशनमा डिष्ट्रिक्ट अन्र्तगतका करीव ३ हजार ५ सय लायन्स सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

महाधिवेशन मुल आयोजक समितिका संयोजक दिनबन्धु पौडेलले दिएको जानकारी अनुसार महाधिबेशनमा सहभागिता जनाउनको लागि बिहीवार सम्ममा करीव २ हजार ९ सय ५० जनाले प्री रजिष्ट्रेशन गराई सकेका छन । महाधिबेशनको कार्यक्रम स्थल सभागृहमा भएकोले सभागृहलाई ब्यवस्थित गर्ने काम शुरु गरिएको छ । सभागृहको क्षमता १ हजार ३ सय जनाको भए पनि सभागृहमा सहभागि नअटाउने भए पछि सभागृह बाहिर अस्थाई डोम निमार्ण गरि भित्र भएका गतिबिधि लिड स्क्रिन मार्फत बाहिर देखाउने ब्यवस्था गरिएको संयोजक पौडेलले बताए ।

सामाजिक सेवामा समर्पित र सामाजिक मनोभावना भएका व्यक्तिहरुको समूह लायन्स क्लब ईन्टरनेशनल डिष्टिक्ट ३२५ बी १ नेपालको चौथो महाधिवेसनलाई ऐतिहासीक, सभ्य र भव्य रुपमा सफल पार्न सम्पुर्ण पोखरेली लायन्सहरुका साथै आम पोखरेलीहरु आ आफ्नो क्षेत्रबाट जुटेका समितिका सह संयोजक सुचित्रा थापाले जानकारी दिईन । पोखरामा आउने पाउनालाई मे आई हेल्प यु अंकित भोलिन्टीएर स्टिकर लगाएका पोखरेली लायन्सले सहयोग गर्ने छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्सका अन्र्तराष्ट्रिय डाईरेक्टर जी एस होरा, बिशिष्ठ अतिथिमा नेपाल सरकार पर्यटन बोर्डबाट ब्राण्ड एम्बासडरमा मनोनित हुनु भएका अन्र्तराष्ट्रिय डाईरेक्टर ई. सञ्जय खेतान, कि नोट स्पीकरका रुपमा बरिष्ठ उद्योगपति बिनोध चौधरी, अतिथिको रुपमा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, नेपालका ४ वटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनर लगाएतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने महाधिबेशन तयारी समितिका सचिव किशोर बरालले बताए ।

महाधिबेशनलाई पोखराको पर्यटन प्रवद्र्धन गर्ने माध्यमको रुपमा लिएको डिष्टिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर ध्रुव बहादुर थापाले बताएका छन् । भुकम्प, नाकावन्दी जस्ता विषम परीस्थतिले थिलो थिलो वनेको पोखराकोे पर्यटन व्यवसायलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले हामीले पोखरालाई नै रोजेका हौ, जसका लागि महाधिबेशनको नारा नै जाउ है पोखरा लायन्स महाधिवेशन मा भन्ने तय गरेको स्थानीय बासी समेत रहेका गर्भनर थापाले बताए ।

सन् १९७१ मा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको नेतृत्वमा औद्योगिक नगरी विराटनगरमा लायन्स क्लब अफ बिराटनगरको नामबाट क्लबको स्थापना भई लायन्स प्रवेश गरेको नेपालमा विभिन्न जिल्ला, सहर र गाउँमा गरी करिब ६७० वटा लायन्स क्लबहरु र १८५०० भन्दा बढि सदस्यहरु रहेका छन् भने पोखरामा सन् १९७६ मा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरुबाट शिक्षाविद् जर्ज जोनको सक्रियतामा लायन्स क्लब अफ पोखराको नामबाट प्रवेश पाएको हो । मानवीय सेवामा समर्पित लायनहरुबाट हाल गण्डकी र धौलागिरी क्षेत्रमा मात्र करिब १०७ क्लबहरु र ३५०० जना जति लायन्स सदस्यहरु रहेका छन् ।।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस