फेवा विकास बैंकको २१.९० प्रतिशत वोनश शेयर पारित

पोखरा, ०२ बैशाख –

फेवा विकास वैकको  चैत्र ३० गते वसेको आठौं वार्षिक साधारण सभाले संचालक समितिको आ.वं २०७१-७२ को प्रतिवेदन पास गर्नुको साथै आर्थिक वर्ष २०७१-७२ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चूक्तापूजी रु ९९ करोड ५०लाख पुगेको छ । साथै उक्त सभाले चूक्तापूजीको ३० प्रतिशत (१० ः३को अनुपात) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले आगामी चार वर्षको लागी आठजना संचालकहरु निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक शेयरधनीहरुको तर्फवाट विन्दु कुमार थापा, रामभक्त रञ्जित, जगन बहादुर गुरुङ, सुशिल गौचन र अमर बहादुर के.सी हुनुहुन्छ भने सर्वसाधारण शेयरधनीहरुको तर्फवाट नारायणबहादुर वानिया, रविन्द्र माकाजु र संजिव वानिया हुनुहुन्छ ।

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२-७३ को तेश्रो त्रयमास सम्ममा निक्षेप रु. १० अर्ब ६३ करोड र कर्जा रु.९ अर्ब ३३ करोड पुरयाएको जानकारी प्रमुखकार्यकारी अधिकृत श्री रेशमवहादुर थापाले गराउनु भयो ।

देशको विषम परिस्थितिकावावजुतपनि यस प्रकारको वृद्धिलाई वैकले सकारात्मक रुपमालिएको छ ।मिति २०७२ आषाढ २८ गते देखि पोखराकादुई उत्कृष्टवित्तीय संस्थाहरु विश्वविकास वैक लि. र फेवाफाइनान्स लि. एक आपसमा मर्जभइ राष्ट्रियस्तरको फेवाविकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरका विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथमाब्द्यद्यक्ब्त्ः, क्ःक्बैकिङ्गसेवा, लकर सेवा, सुनधितोमाकर्जा सुविधा, रेमिट्यान्स सेवा,प्रधानकार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवातथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदानगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button