भवन शिलान्यास

  • पोखरा न्यूज
  • २०७३ बैशाख ३
भवन शिलान्यास

पोखरा, ३ बैशाख –

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको परिसरमा निर्माण हुन गईरहेको कार्यालय भवनको आज मिति २०७३।०१।०३ गते बिहान ०८:१५ बजेको समयमा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि.कमल सिंह बमज्यूबाट एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

तीन तलाको जम्मा ११७३ बर्ग मिटर क्षेत्रफल भएको उक्त कार्यालय भवन आ.व.२०७२/०७३ को नियमित बजेटबाट निर्माण हुन गईरहेको हो । साना ठुला गरी ३० कोठाहरु हुने भवन निर्माण गर्न खानी निर्माण सेवा बानेश्वर काठमाण्डौ संग रु.३,६२,२६,०९१।७१ (मु.अ.कर बाहेक) मा १ बर्ष भित्र निर्माण सम्पन्न हुने सम्झौता भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस