राममन्दिरको ३५ औं वार्षिकोत्सवमा ३३ जना सम्मानित

पोखरा, ३ बैशाख-

नवमी वर्षको अवसरमा पोखरा रामबजारस्थित राममन्दिर सञ्चालक समिति र रामन्दिर माछापुच्छ«े महिला समुहद्धारा राममन्दिरको ३५ औं वार्षिकोत्सव एवं सम्मान समारोह तथा नव वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

राममन्दिरको प्राङ्गणमा पहिलो पटक आयोजित बार्षिकोत्सव समारोहमा मन्दिर स्थापना र विकासका लागि विशेष सहयोग गर्ने ३३ सहयोगी महानुभाव र संघ संस्थालाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथि स्थानिय बयोवृद्धा एवं समाजसेवी मोहन गुरुङ(ठागु बाजे)ले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा राममन्दिर स्थापना र विकासका लागि विशेष योगदान पुर्याउनु भएका रामबजार टोल समन्वय समिति १०÷१५ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, राममन्दिर सञ्चालक समितिका पुर्व अध्यक्षहरु इन्द्रबहादुर कार्की र भगवान राजभण्डारी, अमेरिकामा रहनु भएका समाजसेवी भिमसेन श्रेष्ठ, मरणोपरान्त स्वर्गीय चन्द्रसुवा गुरुङ, स्वर्गीय धनमाया थापा, स्वर्गीय योगबहादुर केसीलाई प्रमुख अतिथि मोहन गुरुङ, राममन्दिर संचालक समितिका अध्यक्ष पदम गुरुङ र रामन्दिर माछापुच्छ« महिला समुहकी अध्यक्ष माया गुरुङ भुजेललाई सम्मानपत्र, माला सहित सम्मान गरिएको थियो ।

यसरी नै सम्मानित हुनेहरुमा समाजसेवी सुरज गुरुङ, नौलो बिहानी, रुद्रबहादुर कायस्थ, प्रेम विक(युके), स्वर्गीय हरीमाया तिमीत्सीना, सत्य साई भजन समुह रामबजार, अर्जुृन बानिया, हेम गुरुङ, स्वर्गीय किर्तीबहादुर केसी, सिता आमा समुहका अध्यक्ष तेजकुमारी अधिकारी, कृष्ण पौडेल, सम्मर लिगल, दिलमाया श्रेष्ठ, नारायण प्रसार उज्जर, राधिका गोशली, नव साधना कला केन्द्र, गौरीमान,कृष्ण अमात्य, कार्की मेटल उद्योग पोखरा १२ का गुप्तबहादुर कार्की, मनमोहन पुन, दुधराज गुरुङ र दीपक गुरुङ रहनुभएको छ ।सम्मनितहरुलाई कार्यक्रमका विशिष्ट अतिथिहरु बद्रीनारायण राजभण्डारी, खेमकुमारी बराल, भगवान राजभण्डारी, पुर्व अध्यक्ष इन्द्रबहादुर कार्की लगायतले सम्मान गर्नुभएको थियो ।

राममन्दिर सञ्चालक समितिका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लेखमाया पुनले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले एकापसमा नयाँवर्ष २०७३ को शुभकामना आदानप्रदान गरेका थिए ।कार्यक्रम अघि मन्दिरमा रामनवमीको पुजापाठ र वार्षिकोत्सव समारोह पश्चात भजनकृतन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button