निजी विद्यालयले बढी शुल्क लिए अखिल त्यस्को बिरुद्ध अख्तियारमा जाने

  • पोखरा न्यूज
  • २०७३ बैशाख ४
निजी विद्यालयले बढी शुल्क लिए अखिल त्यस्को बिरुद्ध अख्तियारमा जाने

पोखरा, ०४ बैशाख –

अनेरास्ववियु कास्की क्षेत्र न ४ को आयोजनामा नया बर्ष २०७३ को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कास्की क्षेत्र न ४ का उपाध्यक्ष शिवलाल पराजुलीको प्रमुख आतिथ्थता एवम अनेरास्ववियु कास्की क्षेत्र न ४ का संयोजक बिबेक त्रिपाठी को अध्यक्षतामा सम्पन्न भएको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य आर्शिवाद सुबेदी,ज्ञानु भुजेल, राजेन्द्र बोहोरा ,त्रिबी जिल्ला अध्यक्ष बिबेक देबकोटा ,भुगोल जिल्ला उपाध्यक्ष लक्ष्मण तिमिल्सिना ,सहसचिब संञ्जय पौडेल,जिवन पौडेल,राष्टीय परिषद सदस्य कुमार पुन लगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन सचिव प्रेम प्रसाद भटराईले गरेका थिए ।साथै अनेरास्ववियु ४ ले बिबेक त्रिपाठीको संयोजकत्वमा भर्ना अभियान समेत घोषणा गरेको छ । निजी बिद्यालयले जिल्ला शिक्षा कार्यालयले तोकेको भन्दा बढी शुल्क लिएको भए अखिल लाई जानकारी गराएमा अखिलले त्यस्ता बिद्यालय बिरुद्ध अख्तियारमा जाने भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस