ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण गरिने

  • पोखरा न्यूज
  • २०७३ बैशाख ७
Post Thumbnail

पोखरा, ७ बैशाख –

ज्येष्ठ नागरिक कल्याण समिति कास्कीको सम्पन्न बैठकले पोखरामा पहिलो पटक डिमेन्सिया सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष तथा डिमेन्सिया फिजिसियन डाक्टर अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले यहि ११ गते पोखराको वडा नंबर ७ मुस्ताङ्गचोकबाट उक्त परीक्षण गर्न शुरु गरेको हो । संस्थाका उपाध्यक्ष तथा शिक्षिका श्रीमति कमला थापाका अनुसार उक्त कार्यक्रममा साठी बर्ष नाघेका ज्येष्ठ नागरिकहरु सरिक हुन सक्ने छन् । हाड जोर्नी नशा र डिमेन्सिया सम्बन्धी रोगका अतिरिक्त जेरियाट्रिक मेडिसिन बारे जानकारी दिन लागिएको जानकारी संस्थाका सदस्य तथा ए.वि.केयर एण्ड रिहाबिलिटेशन हस्पिटलका म्यानेजिङ्ग डाईरेक्टर डा.अनिल बाबु पराजुलीले दिनु भयो ।

यस अगावै पोखरामा पहिलो पटक गैर सरकारी अस्पतालमा ज्येष्ठ नागरिकहरुका लागि जेरियाट्रिक वार्ड र दिवा सेवा केन्द्र संचालन गरिएको थियो । पोखराको न्यूरोड स्थित स्पर्श आयुर्वेद अस्पताल र नेपाल जेरियाट्रिक सोसाईटी सोसाईटी संस्थाले संयुक्त रुपमा संचालन गरेको छ । अस्पतालका प्रबन्धक नमराज पाण्डेका अनुसार ज्येष्ठ नागरिकका लागि अहिले पनि सहुलियतमा सेवा उपलब्ध गराईएको छ । बिशेष गरि हाड जोर्नी दुख्ने, नशा च्यापिने र पुरै शरीर करकरी खाने समस्या ज्येष्ठ नागरिकका समस्या भएकाले उपचार उपलब्धि मूलक हुने राय डा.पराजुलीको छ । यसको लागि फिजियो थेरापि सेवा जरुरिु रहेको डा.पराजुलीको सुझाव छ ।

’हामीले उक्त कार्यक्रम सम्पन्न गरे पछि नगर पालिका र गाबिसहरुमा समेत मासिक कार्यक्रमका रुपमा लैजाने लक्ष राखेका छौं’ संस्थाका कोषाध्यक्ष गोमा पराजुलीको कथन यस्तो रहयो । डाक्टर, नर्श र स्वास्थ्यकर्मीहरुको बाहुल्यता रहेको ज्येष्ठ नागरिक कल्याण समितिले आयोजना गरेको प्रथम भेलाका दिन प्रलयकारी भूकम्प आएको बैठकका अवसरमा स्मरण गरिएको थियो । यस प्रकारका कार्यक्रमलाई गाउंमुखि बनाईने दावी समेत संस्थाले गरेको छ । रेडक्रस सोसाईटी वडा नं १४ का पदाधिकारी तथा बरिष्ट समाजसेवी पदम बहादुर थापाका अनुसार यस प्रकारका कार्यक्रमलाई स्थानीय निकायले समेत सघाउने भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

३६ मिनेट अघि

गाई पूजा आजै

५६ मिनेट अघि

गाई पूजा आजै

खोजी गर्नुहोस