पोखरा, ७ बैशाख –
विद्यालयको भर्ना सम्बन्धी लगायत विषयलाई लिएर विद्यार्थी संगठनले शैक्षिक संस्था बन्द गर्न नहुने नेपाल विद्यार्थी संघ कास्कीले जनाएको छ ।
नेविसंघ कास्कीका अध्यक्ष मदनराज पौडेलद्वारा मंगलबार विज्ञप्ति प्रकाशित गरी विगत केही समयदेखि कास्की जिल्लामा संचालित निजी विद्यालयको भर्ना प्रकृया, पाठ्यपुस्तक र भड्किलो विज्ञापन, निजी क्षेत्रका विद्यालयहरुको अस्वस्त प्रतिस्पर्धाका विरुद्धमा, राज्यका नीति नियम र निर्देशिका अनुरुप अगाडि बढ्न निजी शैक्षिक संस्थाहरुलाई नेपाल विद्यार्थी संघ कास्कीले अनुरोध गरेको छ ।
नेविसंघ कास्कीका हरेक विद्यार्थीहरुको हक र अधिकार स्थापित गर्न पटक पटक आन्दोलनको मोर्चामा रहीरहेको बताउँदै यसै शैक्षिक सत्रमा भर्ना शुल्क र मासिक शुल्क बढाउने निर्णयको विरुद्धमा नेविसंघ सँधै आन्दोलनरत छ । साथै तत्काल बढेको भर्ना शुल्क र मासिक शुल्क नतिर्न समेत सम्बन्धित अभिभावकहरु सबैमा नेविसंघ कास्कीले आग्रह गरेको छ ।
विज्ञप्ति मार्फत शैक्षिक क्षेत्रका हरेक समस्याहरुलाई वार्ता, सम्वाद र रचनात्मक सहकार्यबाट समस्याको निराकरण गर्न नेविसंघ सम्बद्ध सबै पक्षहरुलाई अनुरोध गरेको छ । साथै बुधबारबाट नेपाल विद्यार्थी संघ आफ्नो आन्दोलनलाई मूर्त रुप दिन जिल्ला शिक्षा कार्यालय कास्कीलाई तत्काल नीति नियम र निर्देशिका कार्यान्वयन गर्न दवाव स्वरुप थपआन्दोलनका कार्यक्रमका घोषणा गर्ने बाध्य हुने समेत बताइएको छ ।





