अनेरास्ववियू पोखरा इन्जिनियरिङ कलेजद्वारा सरसफाई तथा डष्टविन वितरण

पोखरा, ०१ जेठ –

अनेरास्ववियूको ५२ औं स्थापना दिवसको अवसर पारेर अनेरास्ववियू पोखरा इन्जिनियरिङ कलेजले क्याम्पसले एक कार्यक्रमको आयोजना गरी परिसर सरसफाई गर्नुका साथै सिमलचौर आसपारमा रहेका विभिन्न २५ ओटा विजुलीका खम्बामा फोहोर फाल्ने डष्टविन समेत राखेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष नेशन शर्माले अनेरास्ववियू अब सडक संघर्षका कार्यक्रमको सँगसँगै रचनात्मक गतिविधिमा पनि अगाडि बढिरहेको बताए । कार्यक्रममा विशेष अतिथि त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देवकोटा, त्रिवि जिल्ला उपाध्यक्ष सुजन लामिछाने, सिटिइभीटी केन्द्रीय कोषाध्यक्ष रमेश सिंह ठकुरी, भुगोल जिल्ला सहसचिव जीवन पौडेल, सञ्जय पौडेल, पोखरा विश्वविद्यालय केन्द्रीय कमिटी सदस्य संकल्प ढुङ्गाना प्रतीक, जिल्ला सचिव उत्तम गिरी, भुगोल जिल्ला सदस्य राजन ढुङ्गाना, सिटिइभीटि पेक अध्यक्ष सन्तोष पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

पोखरा इन्जिनियरिङ क्याम्पसका कार्यवाहक संयोजक प्रदीप शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अनेरास्ववियू पोखरा इन्जिनियरिङ्ग क्याम्पस सचिव प्रदीप पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button