भावना सामुदायिक कृषि सहकारीको अध्ययन भ्रमण

पोखरा, ८ जेठ-

पोखरा २६ सरा·कोटमा रहेको भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुले अध्ययन भ्रमण सम्पन्न गरेका छन् । संस्थाले शुक्रबार तनहुका धार्मिक एवम् पर्यटकीय र सहकारी संस्थाहरुको अध्ययन भ्रमण गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

अध्ययन भ्रमण आयोजनक संस्थाका अध्यक्ष शिवप्रसाद कोइरालाका अनुसार सो अवसरमा सहकारीका शेयर सदस्यहरुले तनहु दमौलीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल छाब्दी बराह मन्दिर, व्यास गुफा, अकला मन्दिर एवम् व्यास बचत तथा ऋण सहकारी, केबि नर्सरी लगायतका स्थलहरुको भ्रमण गरेका थिए । भ्रमणमा सहकारीका दुई सय ८० जना शेयर सदस्यहरु सहभागी रहेको अध्यक्ष कोइरालाले जानकारी दिए ।

सहकारी व्यवस्थापन तथा कृषि सम्बन्धी सीप प्रविधि भ्रमण उपलब्धीमुलक भएको भ्रमण व्यवस्थापन समितिका संयोजक सुर्यबहादुर खड्काले बताए । सो सहकारीले स्थापना कालदेखि सामाजिक तथा सदस्यहरुको हितका लागि विविध कार्यक्रम गर्दै आएको र सोही उद्देश्य अन्तरगत अध्ययन भ्रमण कार्यक्रम आयोजना गरिएको जनाइएको छ । विसं २०६८ सालमा स्थापना भएको भावनाले सरा·कोट क्षेत्रमा एक घर एक सदस्य भन्ने लक्ष्य लिएको बताइएको छ । हाल संस्थामा एक हजार ५० जना भन्दा बढी शेयर सदस्यहरु रहेको सो सहकारीले जनाइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button