‘माओवादी केन्द्र नयाँ हतियार’ बादल

पोखरा, १३ जेठ-

नेकपा माओवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा बादलले नेकपा माओवादी देश र जनताको माग पुरा गर्ने नयाँ हतियार भएको टिप्पणी गरेका छन् । इतिहासको अपरिहार्य आवश्यकतालाई मध्येनजर गर्दै फुटेका माओवादीहरु एकीकृत भएर माओवादी केन्द्र नामक नयाँ पार्टी गठन भएको उनले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara

कृष्ण सेन इच्छुकको १४ औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघ कास्कीले पोखरामा विहीबार आयोजना गरेको थमन महेस पत्रकारिता पुरस्कार वितरण समारोहमा बादलले यस्तो बताएका हुन् । एमाओवादी सहित नेकपा–माओवादी र फुटेका ससाना माओवाद धारका दलहरु मिलेर हालै माओवादी केन्द्र पार्टी गठन भएको हो ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाइ छाडेर एमाओवादीसँग एकताका पक्षमा उभिएका तत्कालिन महासचिव बादलले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए । माओवादी धेरै टुक्रामा विभाजित हुँदा सहिदका सपना पूरा गर्न नसकिएको उनले बताए । वरिष्ठ नेता बादलले एकीकृत अभियानले पूर्णता नपाएसम्म यो अभियान जारी रहने बताए। उनले जनवादी आन्दोलनलाई पूर्णता दिने कार्यभार अब माओवादीकै काँधमा रहेको बताए ।

उनले राष्ट्रिय सहमति कायम गरेर आर्थिक समृद्धितर्फ अघि बढ्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने विचार व्यक्त गरे। नयाँ संविधानले जनतालाई अझै पनि पूर्ण अधिकार नदिएको भन्दै उनले नाकाबन्दी र भुकम्पले आर्थिक विकास, जनजीविकाका सवाल चौपट भएको उल्लेख गरे । राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौमिकता अझै खतरामा रहेकोले यसतर्फ सचेत बन्नुपर्ने बताए ।

यसैबीच, क्रान्तिकारी पष्ककर संघ कास्कीद्वारा सञ्चालित रु. २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरे ‘रुचि’लाई प्रदान गरिएको छ । युद्धमा होमिएर एउटा खुट्टा अस्वस्थ रहेका पत्रकार घिमिरेलाई प्रमुख अतिथि थापाले दोसल्ला ओढाएर रकम र प्रशंसापत्रले सम्मान गरेका हुन् । लमजुङ्गको राईनास नगरपालिकामा जन्मिएकी घिमिरेले बिगत दश बर्षदेखि पत्रकारीता गर्दै आएकी छन । उनले आफु आबद्ध संस्थाप्रति आभार व्यक्त गर्दै जे सोचेर युद्ध गरिएको थियो त्यो नभएकाले यसतर्फ पार्टीका नेताहरुको ध्यानाकर्षण गराईन् ।

माओवादी युद्धकालमा तत्कालिन शाही सेनाले नियन्त्रणमा लिएर चरम यातनाका साथ हत्या गरिएका पत्रकार कृष्ण सेन ईच्छुकको स्मृति दिवसको दिनमा संघले चार वर्षअघिदेखि यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
संघका अध्यक्ष दीपक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा रासस सञ्चालक समितिका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक कोमलनाथ बरालले स्व. थमन परियार र महेश दाहालको जीवनीमाथि प्रकाश पारेका थिए। सो अवसरमा पोउमनपा कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवाली, क्रान्तिकारी पत्रकार प्रदेश नं. ४ संयोजक त्रिभुवन पौडेल लगायतले बोलेका थिए ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button