कालीकोटमा पाठ्यपुस्तकको अभाव कायमै

कालीकोट, २१ जेठ –

समयमा पाठ्यपुस्तक नपाउने कर्णालीका लागि नौलो विषय पटक्कै होइन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

तर अघिल्ला वर्षमा बाटो, ढुवानी गर्ने साधन लगायतका बहाना बनाएर समयमा नपुग्ने पाठ्यपुस्तक यो वर्ष अन्य कारण नपाएपछि जनक शिक्षाको लापरबाहीले गर्दा कालीकोटलगायत कर्णालीका सबै जिल्लामा पाठ्यपुुस्तकको अभाव भएको छ ।

जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयमा पाठ्यपुस्तकको अभाव भएपछि पठनपाठनमा कठिनाइ आएको छ । जिल्लाका २९२ विद्यालयमध्ये २७५ विद्यालयमा ७५ प्रतिशत पुस्तक पुगे पनि १७ विद्यालयमा सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या आएको हो । जिल्ला शिक्षा अधिकारी बाबुराम कालाखेतीले समयमा पाठ्यपुस्तक पुग्न नसक्दा विद्यालयमा पढाइ हुन नसकेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार पहिले प्रकाशनमा भएका पुस्तक सुगम जिल्लाका विद्यालयले लगिसकेको र जनक शिक्षाले ढिलाइ गरेका कारण समयमा पुस्तक पुग्न नसकेर बालबालिकाको पठनपाठनमा बाधा पुगेको हो ।

पाठ्यपुस्तक पटक्कै नपुगेका कालीकोटका सरस्वती मावि दाहा, चैटिरी प्रावि, खिन, शान्ति प्रावि मेहलमुडी, लालीगुराँस प्रावि सिप्खाना, स्वयम्भुनाथ निमावि स्युना, रमाल मस्टो प्रावि स्युना, जनप्राभात माबि पाँखा लगायतका १७ विद्यालय छन् । ती विद्यालयका झन्डै आठ हजार बालबालिका अध्ययन गर्नबाट वञ्चित भएको बताइएको छ ।

यस्तै, पाठ्यपुस्तक पुगेका भनिएका २७५ विद्यालयमा पनि सबै पुस्तक पुगेका छैनन् । गत वर्ष झैँ यो वर्ष पनि कर्णाली अञ्चलका जिल्लामा पाठ्यपुस्तकको अभाव यथावत् रहेको शिक्षकले बताएका छन् । जिल्लाका अन्य पाठ्यपुस्तक पुगेका भनिएका विद्यालयमा पनि पूरै सेट किताब पुगेका छैनन् ।

जिल्लामा हाम्रो स्टेसनरी, विनोद बुक सेन्टर र नागरिक स्टेसनरीले पुस्तक खरिद तथा वितरणको जिम्मा लिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button