फलेवास (पर्वत), २३ जेठ –
पर्वतस्थित मोदीखोलामा निर्माणाधीन १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । अघोषित नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी अभावमा केही समय प्रभावित बनेको आयोजनाको काम पछिल्लो समयमा धमाधम भइरहेको छ ।
विसं २०७१ फागुनबाट काम सुरु गरेको आयोजनाले अहिले स्थानीयवासीसमक्ष जग्गा खरिद गर्ने काम सँगसँगै टनेल निर्माण कार्यलाई समेत अघि बढाएको छ ।पर्वतको भुकताङ्ले–१ सेराबेसीमा ड्याम रहने गरी काम सुरु गरेको आयोजनाले दुई हजार आठ सय मिटर टनेल निर्माणमध्ये झन्डै चार सय मिटर सम्पन्न गरिसकेको छ । ड्याम साइड निर्माणतर्फको क्षेत्रलाई पहिलो फेज मानेर सुरुङ निर्माण गरेको आयोजनाले पावर हाउस रहने देउपुरतर्फबाट पनि टनेल निर्माणकार्य अघि बढाउने भएको छ ।
हिमाल हाइड्रो मुख्य निर्माण कम्पनी रहेको उक्त आयोजनामा अहिले ड्याम रहने क्षेत्र र पावर हाउसतर्फको क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो । पर्वतको भुकताङ्ले, देउपुर र तिलाहारसँगै कास्कीको दाङ्सिङ, सल्यान र लुम्ले गाविसलाई मुख्य प्रभावित गाविसका रुपमा सूचीमा राखेर निर्माण भइरहेको आयोजनाले स्थानीयवासीको सहयोगमा निर्माणकार्यलाई तीव्रता दिएको देवकोटाले जानकारी दिनुभयो ।
कुल रु दुई अर्ब ८० करोड लगानी रहेको उक्त आयोजनामा उद्योगपति विनोद चौथरीको मुख्य लगानी रहेको छ भने आयोजना निर्माणका लागि प्राइम बैंकको नेतृत्वमा अन्य वित्तीय संस्थाले समेत लगानी गरेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution