शिक्षक बिक्री गर्न खोजेको आरोपमा प्रअ पक्राउ

मलेखु (धादिङ), २४ जेठ –

मध्यधादिङको नीलकण्ठ नगरपालिका वडा नं १० झगरेस्थित पञ्चकन्या प्राविका प्रअ रामप्रसाद रिजाल सहित दुई जनालाई शिक्षक बिक्री गर्न लागेको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ ।

आफँैले विद्यालयमा खेतालाका रुपमा राखेका दुई शिक्षकलाई विद्यालयका प्रअ रामप्रसाद रिजाल र शिक्षक धु्रव रिजालले सदरमुकाममा तलब खानका लागि बोलाएर बिक्री गर्न लान लागेको आरोपमा पीडितले उजुरी गरेपछि शिक्षकलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामप्रसादले जिल्ला सदरमुकाममा खेताला राखिएका शिक्षकलाई तलब लिनका लागि बोलाएर चिया खान लगाई सो चियामा लठ्याउने विष हालेर खुवाउन जोड गरेको र धु्रवलाई आफ्नो पसलमा बोलाएर चाँजोपाँजो मिलाएको आरोप लगाई पीडितले दिएको जाहेरीमा उल्लेख छ । घटनाका सम्बन्धमा आरोपित शिक्षकले आफूहरुको बेचबिखनको कुनै नियत नरहेको बताएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button