बाग्मतीबाट सात मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २९ जेठ –

बाग्मती सफाइ महाअभियानको १६१औँ हप्तामा वाग्मती र रुद्रमती नदी दोभानस्थित बुद्धनगर क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल विज्ञापन सङ्घले आज आफ्नो २६औँ वार्षिकोत्सव बाग्मती सफाइमै मनाएको छ । सफाइमा सङ्घअन्तर्गतका ३० एजेन्सीको सहभागिता रहेको महासचिव नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सङ्घले सफाइलाई आवश्यक पर्ने डोकोलगायत रु २५ हजार बराबरका सामग्री अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरयो ।

सफाइमा बाग्मती समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एस ट्राभल्स, उप्रेती समाज, हुमागाईं समाजलगायतका संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व गरिरहनुभएका पूर्व मुख्यसचिव लीलामणि पौडेललगायतका अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो ।

आगामी शनिबार १६२औँ हप्ताको वाग्मती सफाइ थापाथली, कुपण्डोल क्षेत्रको वाग्मतीमा गरिने जानकारी पनि सो अवसरमा गराइयो । आजै पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाको सहभागितामा गुह्येश्वरीमाथिको वाग्मती सफाइ गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button