लेखनाथमा ईलाका प्रशासन कार्यालयबाट सेवा सुरु

लेखनाथ, ३० जेठ –

सात तालको नगरी लेखनाथ नगरपालीकामा ईलाका प्रशासन कार्यालय स्थापनासंगै सेवा सुभारम्भ भएको छ । कास्की जिल्लाको उत्तर पूर्वका ६ गाविस र लेखनाथ नगरवासीलाई प्रशासनीक सेवा प्रवाह गर्ने उद्देश्यले लेखनाथको खुदिमा उक्त कार्यालय स्थापनासंगै आईतबार देखि सेवा सुभारम्भ भएको हो ।

नेपाल सरकारका गृह मन्त्री शक्तिवहादुर बस्नेतले पहिलो सेवाग्राही अस्मिता ओझालाई नागरिकताको प्रमाण पत्र वितरण गर्दै इलाका प्रशासन कार्यालयको औपचारीक रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै गृहमन्त्री वस्नेतले एकिकृत सेवा केन्द्रका रुपमा विकास गरिनु पर्नेमा जोड दिए । इलाका प्रशासन कार्यालयको स्थापनाले संघिय स्वरुपको पहिलो खुड्किलाको कार्यान्वयन भएकोमा बताउदै गृहमन्त्री बस्नेतले राजनितिक परिवर्तन पछि नेपाली जनताले आर्थिक समृद्धिको सपना देखेको उल्लेख गरे । गृह मन्त्री बस्नेतले नापी, मालपोत लगायत अन्य कार्यालयहरुको समेत स्थापना भए मात्र जनताले प्रशासनिक कामको नजिकबाट अनुभूति गर्न सक्ने जनाए ।

कार्यक्रममा सांसद रविन्द्र अधिकारीले पोखरा र लेखनाथलाई विकासका हिसावले विभेद गर्न नहुने उल्लेख गर्दै, समग्र उपत्यकाकै विकास खाको एकिकृत विकास हुनु पर्ने बताए । यसैगरी सभासद् यज्ञवहादुर थापाले लेखनाथलाई प्रदेश नम्बर ४ को राजधानीका रुपमा विकास गरिनु पर्नेमा बताउदै उनले क्षेत्रिय बसपार्क र अन्तराष्ट्रिय सम्मेलन हल निर्माणका लागि लविङ भैरहेको जनाए । सभासद् शारदा पौडेलले इलाका प्रशासन कार्यालय सेवामैत्री हुनु पर्नेमा जोड दिईन । सभासद् जीवन परियारले सडक, पुल लगायतका विकासका साथै प्रशासनिक सेवा विस्तार पनि विकासको आधार भएको बताए ।

क्षेत्रिय प्रशासक शंकरप्रसाद कोइरालाले प्रशासनिक कार्यालय बाहेक अन्य कार्यालयहरु स्थापना गरी सेवा दिईने बताए । उनले पोखरा र लेखनाथबाट सेवा प्रवाह हुँदा छिटो छरितो हुने उल्लेख गरे । इलाका प्रशासन कार्यालयबाट लेखनाथ नगरपालिकाका १८ वटा वडा, कास्की जिल्लाका रुपाकोट, थुम्की, देउराली, सिद्ध, हंसपुर, माझठानाका जनताहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुनेछन् । इलाका प्रशासन कार्यालय स्थानीय सरस्वती प्रा.वि को भवनमा रहेको छ । २२ रोपनी जग्गा रहेको विद्यालय प्रांगणमा अन्य कार्यालयहरु समेत स्थापना गर्न सकिने छ । विद्यालयमा विद्यार्थीको संख्या न्यून भएपछि उक्त विद्यालय त्रिभुवन शान्ति उच्च मा.वि मा गाभिएको थियो । उक्त कार्यालय स्थापन भए पछि स्थानीयहरुले उक्त कार्यालयबाट नागरीकता प्रमाण पत्र, राहदानि (पासवोर्ड) वितरण गर्ने भएकोे इलाका प्रशासन कार्यालयका प्रमुख दिपेन्द्र पौडलले बताए । कार्यालयमा हाल १० जना कर्मचारी रहेका छन । ४ जना सुव्वा एक जना अधिकृत दुई जना कार्यालय सहयोगि, एक जना सह लेखापाल, एक जना कम्पुटर अपरेटर र एक चालक रहेका छन । कार्यालयमा ७ वटा कोठा भए पनि ३ वटा बस्न लायक छन । अन्य मर्मत गर्नु पर्नेए अबस्थामा रहेका छन । कार्यक्रम कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button