भारतीय नागरिकको शव फेला

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३१
Post Thumbnail

कञ्चनपुर, ३१ जेठ –

कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा आज एक जना भारतीय नागरिकको शव फेला परेको छ ।

भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो ।

“साइकलसहित उखु बारीमा शव फेला पारेका छौँ” इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भन्नुभयो । शवको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबारे अहिलेनै भन्न नसकिने उहाँले बताउनुभयो ।

भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आए पछि घटनाबारे थप जानकारी हुने उहाँको भनाइ रहेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस