अनौठो रोगले नौ विद्यार्थी बेहोस

 

मेलम्ची, ३२ जेठ –

अकस्मात् चिलाउने जिउमा डाबर आउने चिलाएकोे ठाउँमा दुख्ने भएपछि सिन्धुपाल्चोक जिल्लाको महाङ्काल गाविस– १ स्थित सरस्वती उमाविमा अध्ययनरत नौ छात्रा बेहोस भएका छन् भने १५ जना ग्रसित बनेका छन् ।

कक्षा ५ का विद्यार्थीबाट सुरु भएको यो रोग अहिले पूरै विद्यालयमा नै फैलिन सक्ने डरले पूरै विद्यालय नै त्रसित बनेको छ । विद्यार्थी बेहोस हुन थालेपछि इलाका प्रहरी कार्यालयले क्षेत्रीय अस्पतालका चिकित्सक सहितको टोली विद्यालयमा लगेर उपचार गराइरहेको प्रहरी निरीक्षक नीरज डाँगीले बताउनुभयो ।

बेहोेस भएका छात्रालाई मेलम्चीस्थित क्षेत्रीय अस्पतामा उपचार गराइरहेको र बिरामी पर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप चिकित्सक सहितको टोली बोलाइएको डाँगीले बताउनुभयो ।

हात खुट्टा पोल्ने, चिलाउन सुरु भएको एकापट्टि शरीरको भाग नै नचल्ने र बेहोस हुने गरेकाले विद्यालयमा विद्यार्थीका अभिभावक र प्रहरी सहितको उपचार टोलीले सेवा दिइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button