पोखरा, ३० असार –
उद्योगपति एवं समाजसेबी पूर्व सभासद् सूर्यबहादुर केसीले आफ्ना पिता किर्तीबहादुर केसीको स्मृतिमा ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । पत्रकार महासंघ कास्कीको संचालनमा वर्षेनी कम्तीमा एक पत्रकारलाई पुरस्कृत गर्नेगरी किर्ती स्मृति पत्रकारिता पुरस्कारका लागि उक्त अक्षयकोषको स्थापना गरिएको हो ।
सूर्यबहादुर एबं उनकी श्रीमती प्रेमकुमारीको नामबाट स्थापित सूर्य – प्रेम समाजसेवा ट्रष्टमार्फत १ लाख रुपैयाँ राशीको उक्त पुरस्कार स्थापनाका लागि बिहीबार पोखरामा महासंघ कास्की र केसीबीच सम्झौता भएको हो । सो पुरस्कार हरेक बर्ष चैत १९ गते किर्तीबहादुरको पुण्यतिथीका अवसरमा वितरण हुनेछ ।
पुरस्कार स्थापना घोषणा कार्यक्रममा समसामयिक राजनीतिक बिषयबस्तु बाट आफ्ना भनाइ सुरु गरेका केसीले आफ्ना पिताकै देनले आफु यो स्थानसम्म आइपुगेको बताए । उनका पिता किर्तीबहादुर समाजसेबी एबं पोखराका पहिलो निर्माण व्यवसायी थिए। वर्षेनी सो कोषको बृद्धि गर्दै लैजाने बताएका केसीले ट्रष्टमार्फत संचालन हुने गरी सानै उमेरमा मृत्यु भएका आफ्ना भाईको सम्झनामा बाल पुरस्कार र सुत्केरी हुने क्रममा ज्यान गुमाएकी बहिनीको सम्झनामा ३/३ लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा समेत गरे ।
कोष मोफसलकै ठूलो रहेको बताउदै कार्यक्रममा महासंघका अध्यक्ष रामकृष्ण ज्ञवालीले केही दिन भित्रमै कोष संचालन र पुरस्कार वितरण सम्बन्धि निर्देशिका बनाएर अघि वढीने बताए । केसीको समाजसेवी भावनाको प्रशंसा गर्दै ज्ञवालीले संघलाई विश्वास गरी ठूलो जिम्मेवारी दिएकोमा सूर्य-प्रेम समाजसेवा ट्रष्ट र केसी परिवार प्रति आभार प्रकट गर्दै पुरस्कार उचित तवरबाट वितरण गरिने विश्वास दिलाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution