भदौबाट पोखरामा वायो ग्याँस – एलपी ग्यासलाइ विस्थापन गर्न सकिने दाबी

पोखरा १०, साउन-

के तपाइको घर तथा भान्छाबाट निस्केको फोहोरलाई कसरी व्याबस्थापन गर्ने भन्ने चिन्क्ता लागेको छ । के तपाईलाई खाना पकाउने एलपी ग्याँसको विकल्पमा कुनै उर्जाको खोजिमा हुनुहुन्छ । हो यी दुबै कुराको चिन्क्ता मुक्त गराउदैछ अल्टरनेटिभ वायो ईनर्जी प्रालिले ।

पटक पटक उर्जाको खोजिमा भौतारीने गरेका नेपालीहरुको लागि प्रालिले आगामी भदौ महिना देखि व्यावसायीक रुपमा उक्त वायो ग्याँस उत्पादनमा लाग्ने भएको सोमबार पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पोखरा उपमहानगरपालीका कार्यालय परिसरै फोहोर मैलाबाट वायोग्याँस उत्पादन गरी सफल परिक्षण भएको थियो ।

bio gas 3

नगरपालीका परिसरमा उक्त ग्याँस उत्पादनको लागि केही दिन अघि प्रयास भएको अबस्थामा सोमबार पोखरा उपमहानगरपालीका कार्यालयका निमिक्त प्रमुख ओमराज पौडेलले उत्पादन भएको वायो ग्याँस वालेर सफल परिक्षण भएको बताएका हुन। नेपालमा उर्जा संकट भएको अबस्थामा वायो ग्याँस एक वैकल्पीक उर्जाको राम्रो उदाहरण भएको बताएका निमिक्त प्रमुख पौडेलले पोखरेलीहरुको घर घरमा वायो ग्याँस जडान गर्न सके फोहोर मैला समेत व्याबस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

घर घरको भान्छाबाट निस्कने फोहोर मैलालाई प्रयोग गरीे वायो ग्याँस उत्पादन गर्ने अभियान अन्र्तगत पोखरामा सफल परिक्षण भएको प्रालिका प्रवन्ध निर्देशक शेसन शाक्यले दाबी गरे । घरायसी फोहोर मैला र कुहिने फोहोरबाट बायो ग्याँसको रुपमा उत्पादन गरी खानपकाउनको लागि ग्याँसको प्रयोग हुने भएको शाक्यले बताए । उर्जामा नेपाललाई आत्मनिर्भर वनाउने उद्धेश्यले वायो ग्याँस जडानको अभियान सुरु गर्न लागिएको प्रवन्ध निर्देशक शाक्यले बताए । उनले भने “हाम्रो देश नेपाल केहि बर्ष भित्र उर्जाको विकल्प खोजीमा जानु पर्दछ, घर घरमा खानपकाउनको लागि एलपी ग्याँसको प्रतिस्थापनमा वायो ग्याँस पुर्याउने अभियानमा हामी लागेका हौ  । ” यसो भएमा हामीले खाना पकाउन प्रयोग गर्दै आएको एलपी ग्यासलाइ विस्थापन गर्न गार्हो छैन , उनले थपे ।

bio gas 2

भारतका केहि राज्यहरुमा वायो ग्याँस प्लान सफल भएकोले यसको सम्भावना नेपालमा धेरै भएकोले नेपाललाई आत्मनिर्भर वनाउदै घरमै निस्कने फोहोरको सदुपयोग हुने गरी उक्त ग्याँस निकाल्ने अभियानमा आफुहरु लागेको उनले जनाए । फाईवर ग्याँस पोखरा औधोगिक क्षेत्रमा उत्पादन गरी पोखरा क्षेत्रमा पहिलो चरणमा वायो ग्याँस जडानको अभियान भदौ देखि सुरु गर्ने आफुहरुको योजना भएको शाक्यले बताए । सुरुमा यस प्रविधि जडान गर्दा करीब ७० हजार खर्च लाग्ने भएको उनले बताए । एक हजार ड्रममा ४ लिटर ठोसजन्य फोहोर, ४ लिटरतरल पदार्थको मिसावट भए पछि सामान्य खाना पकाउने ग्याँसको लागि ३ घण्टा ग्याँस वाल्न सकिने भएको शाक्यले जनाए । सामान्यतया ६ जनाको परिवारलाई ३ घण्टा ग्यास वाल्न सकिन्छ । घरबाट निस्कने करीब ७० प्रतिशत जसो फोहोर मैला वायो ग्याँस उत्पाल्दनमा प्रयोग हुने भएको उनले जनाए ।

आफ्नो अभियानमा सरकार र आम उपभोक्ताहरुले साथ दिएको खण्डमा ५ बर्ष भित्रमा नेपालका अधिकाशं घर घरमा वायो ग्याँस जडान गर्न सक्ने उनले दाबी गरे । २५ बर्ष सम्म उक्त वायो ग्याँसको फाईवर ग्याँसले काम गर्ने बताएका शाक्यले ५ बर्ष उक्त फाइवर ग्याँसको ज्ञारेन्टी भएको दाबी गरे । सेफ्टी ट्याङकीमा समेत जडान गरी वायो ग्याँस उत्पादन हुने उनले जनाए । भारतबाट कच्चा पदार्थ ल्याएर पोखरामा फाईवर ग्याँस निमार्ण गर्ने तयारी गरेको उनले जनाए । वायो ग्याँस उर्जाको राम्रो योजना भएकोले यस बिषयमा नगरपालीकाले गहन छलफल गरी केहि निर्णय गर्न सक्ने भएको नगरपालीकाले जनाएको छ । यस अघि काठमाण्डौंको नेपाल ईन्जीनियरीङ कलेज, नारायणगढमा समेत सफल परिक्षण भएको शाक्यले बताए । चितवनमा अन्य क्षेत्रमा भन्दा बढी र छिटो ग्याँस उत्पादन हुने भएको उनले जनाए । ५० मिटरसम्म पाईपमा ग्याँस जडान गरी प्रयोग गर्न सकिने भएको बताएका शाक्यले व्यावसायीक रुपमा उक्त ग्याँस संचित गर्नको लागि सिलिण्डरमा समेत राख्न सकिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button