पोखराका तालको व्यवस्थापन योजना तयार गरिने

पोखरा, ११ साउन –

रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले रामसारमा सूचीकृत भएसँगै पोखराका तालको अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो ।

पर्यटन, पर्यावरण लगायतका विषयसँग प्रत्यक्ष जोडिएका पोखराका तालको संरक्षण र विकासका लागि व्यवस्थापन योजना तयार गर्न लागिएको हो । हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनले योजना तयार गर्न लागेको फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । योजना तयार गर्दा सरोकारवाला निकाय तथा संस्थाको अघिकतम सहभागिता गराइने उहाँको भनाइ छ ।

प्रत्येक ताललाई सङ्कट पार्ने विषयको पहिचान गरी तिनीहरूको दीर्घकालीन संरक्षण र विकासमा सहयोग पुग्ने तवरबाट योजना निर्माण गरिने छ । आगामी सेप्टेम्बरको अन्तिमसम्ममा व्यवस्थापन योजनालाई अन्तिम रुप दिइने छ । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले ताल संरक्षण पर्यटन र पर्यावरण जस्ता विषयसँग प्रत्यक्ष सम्बन्धित हुने भएकोले तिनीहरूको संरक्षण र विकास अपरिहार्य भएको बताउनुभयो । जिल्ला वन अधिकृत प्रभात सापकोटाले संरक्षण र विकासका लागि बन्ने योजनालाई कार्यान्वयनका तहमा लैजान सके मात्र योजना निर्माणको सार्थकता रहने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button