नेपाली खेलाडी जापान जाँदै

पोखरा, १९ साउन –

विश्व केन्पो च्याम्पियनसिपमा सहभागीहुन नेपाली खेलाडी विहिवार जापान जाने भएका छन । उक्त टोलीको नेतृत्व पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गर्ने भएका छन ।

kenpo 2

जापानको नागोया शहरमा २०१६ अगस्त ६–१० सम्म हुने खेलाडी तथा टिमका सदस्यहरुलाई नेपाल ओलोम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले बुधवार विदाई गरे । सो अवसरमा लामाले टोली नेता पौडेललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । आठ सदस्यिय उक्त टोलीमा एक जना प्रशिक्षक समेत रहने छन । उनले सो अवसरमा नेपाली टोलीलाई जितका लागि शुभकामना द्रिए । उक्त विश्व केन्पो च्याम्पियनसिपमा नेपाली टोलीले ३०, ३५, ४० र ४५ केजी समुहमा प्रतिष्पर्धा गर्नेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button