सामुदायिक वनमा फोहोर फाल्ने गाडी सहित चालकलाई स्थानीयद्वारा पक्राउ

पोखरा, १९ साउन –

पोखरा २५ मा रहेको तल्लखर्क भेडीखर्क सामुदायिक वन (सालडाँडा, एक्लेपाखा) मा फोहोर फाल्ने गाडी सहित चालकलाई स्थानीयले पक्राउ गरेका छन । लु १ च ७७६३ नम्वरको भेनमा पोखरा बजारबाट लगेको फोहोर उक्त सामुदायिक वनमा फाल्दै गरेको अबस्थामा स्थानीयले बुधबार देखेर गाडी सहित चालकलाई पक्राउ गरेको स्थानीय चेतभक्त बरालले बताए ।

स्थानीयले तत्काल खवर गरी फेदीखोला प्रहरी चौकीमा जानकारी गराए पछि प्रहरी चौकी फेदीखोलाले कारवाहीको लागि प्रहरी चौकी छोरेपाटनमा पठाए पछि गाडी धनि सुरेससिंह ठकुरीले स्थानीय एवं सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुसंग दुई हात जोडी माफ मागेर फोहोर फालेको ठाँउमा उक्त फोहोर जलाउने र नजल्ने फोहोर व्याबस्थापन गर्ने प्रतिवक्ता जनाए पछि मात्र फोहोर फाल्ने गाडी र धनिलाई छाडिएको तल्लखर्क भेडिखर्क सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजबहादुर गुरुङले बताए ।

नवलपरासि घर भएका ठकुरीले पोखराको पृथ्बीचोक माछासप्लायर्सले वर्दघाट जानेक्रममा बाटोमा फोहोर फाल्नु भनेको आधारमा आफुले अन्जानले गर्दा सामुदायिक वन क्षेत्रमा पहिलो पटक फोहोर फाल्न पुगेको बताए । आगामी दिनमा कुनै व्यक्ति तथा संस्थाले कुनै पनि प्रकृतिको फोहोर जन्य बस्तुहरु पोखरा २५ को कुनै पनि सामुदायिक वन तथा कुनै क्षेत्रमा फाल्ने उपर कडा कारवाही गरीने भएको स्थानीय डिल्लीराम पौडेलले बताए ।

त्यसै गरी पोखरा २५ क्षेत्र छोरेपाटन देखि कालिमाटी, ठुलीविडी, तिलाहार, खाडेखोला हुदै कुभीन्डेभञ्याङसम्म छाडा चौपाए अव्वस्थित रुपमा छाड्दा कृषकहरु मर्कामा परेको स्थानीयको गुनासो छ । छाडा चौपाएले फलफुल तरकारी तथा धानवाली खाएको स्थानीय भोलानाथ बरालले गुनासो गरे । छाडा चौपाए छाड्ने उपर तथा पोखरा २५ क्षेत्रमा अव्यबस्थित फोहोर मैला फाल्ने उपर आफुहरु चनाखो रहेको प्रहरी चौकी छोरेपाटनका इन्चार्ज कृष्ण कान्त अर्यालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button