भारत र चीनबाट बढी पर्यटक भित्र्याइने

काठमाडौँ, २१ साउन –

प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज पर्यटन व्यवसायीले भेटी पर्यटन क्षेत्रको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको नेतृत्वमा नेता लोकेन्द्र विष्ट, नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय गणेश सिंखडा र पम्फा धमलासहित पर्यटन व्यवसायी प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिन अपराह्न उहाँको निजी निवास लाजिम्पाट पुग्नुृभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रका व्यवसायीसँग मिलेर काम गर्ने आश्वासन दिनुभएको भेटमा सहभागी पर्यटन व्यवसायी सरोज न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको पर्यटन विकासका लागि भारत र चीनबाट बढी पर्यटक भित्र्याउने योजनाबद्ध कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button