पोखरा –
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले लामो समयसम्म स्थानीय निकायको निर्वाचन नहुँदा बजेटको दुरुपयोग हुने गरेको जनगुनासो बारम्बार उठ्ने गरेकाले आगामी चैतमा निर्वाचन गर्न गृहकार्य गरिएको जानकारी दिनुभएको छ ।
मन्त्रालयको आयोजनामा भएको प्रदेश नं ४ का जिविस र नगरपालिकाको वार्षिक समीक्षा गोष्ठीको समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थानीय तहका सडक फराकिला बनाउनुपर्ने र विकास निर्माणका काम सुरु गर्नुअघि प्राविधिक जाँचपास गराइनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सहसचिवद्वय रेश्मीराज पाण्डे र मधुसूदन बुर्लाकोटीले मन्त्रालयको नीतिगत कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । दुई दिनसम्म चलेको सो गोष्ठीमा प्रदेश नं ४ का स्थानीय विकास अधिकारी, योजना अधिकृत, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर र नगरपालिकाका कार्यकारी अधिकृतले आआफ्ना कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution