युवा उद्यमी मञ्च पोखराद्वारा आफैले बनाएको भवनमा शैक्षिक सामग्री हस्तान्तरण

पोखरा –

नेपाली युवा उद्यमी मञ्च पोखराले कास्कीको ल्वाङघलेल–९ सिदिङस्थित सरस्वती आधारभूत विद्यालयलाई मन्टेश्वरी सामग्री वितरण गरेको छ । मन्टेश्वरीमा अध्ययन गर्ने २४ जना विद्यार्थीलाई लक्षित गरी पठनपाठनमा सहयोग पुरयाउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको हो । करिब १ लाख रुपैयाँ भन्दा बढीको शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक तथा मञ्चका महासचिव (प्रोग्राम चेयर) सन्तोष घिमिरेले जानकारी दिए ।

montessori-stuffs

उक्त अवसरमा ३२ इन्चको टिभी तथा बिस हजार नगद समेत विद्यालयलाई हस्तान्तरण गरिएको छ । योङ टाइगर समूहको सहयोगमा कार्यक्रम गरिएको मञ्चका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यालयलाई सहयोग गरिएको हो,’ उनले भने, ‘मञ्चको सहयोगले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष सहयोग पुग्नेछ ।’ भूकम्पबाट क्षतिगस्त उक्त विद्यालयको भवनलाई पनि मञ्चले नै निर्माण गरेको थियो ।

help

कार्यक्रममा मञ्चका प्रथम उपाध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुमन बिजुक्छे, कार्यसमिति सदस्य बिनल कर्माचार्य, प्रतिष पालिखे, सुजन जोशी, एफओएन मेम्बर बिप्लव पौडेल, सदस्य विशेष थापा, प्रोग्राम कोर्डिनेटर विष्णु तिमिल्सिना लगायतको उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक शान्ति तामाङको अध्यक्षतामा कार्यक्रम भएको हो । आगामी दिनमा विद्यालयलाई सहयोग गर्दै जाने अध्यक्ष श्रेष्ठले बताए । मञ्चको टोलीलाई विद्यालयको तर्फबाट भव्य स्वागत गरिएको थियो ।

motessori

मञ्चले गत महिना कृस्तिस्थित बक्रेक प्राविलाई सोलार सिस्टमसहितको १ थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको थियो । गत वर्ष गएको भूकम्पबाट उक्त विद्यालय पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले विद्यालय भवन भत्किएपछि मञ्चकै सक्रियतामा तत्काल अस्थायी टहरा निर्माण गरिएको थियो । मञ्चले गत वर्ष नै उक्त विद्यालयमा समेत २ कोठाको पक्की भवन बनाएर विद्यालयलाई हस्तान्तरण समेत गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button