पोखरा-
तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा भुकम्पपीडित तमू विद्यार्थीहरुलाई चरणवद्ध रुपमा दिदै आएको गरिव तथा जेहेन्दार छात्रवृत्तिकोे चौथो अर्थात अन्तिम चरणको वितरणका कार्य सम्पन्न गरेको छ । लमजुङ्गको वेशीसहर स्थित न्यू एरा सेकेन्डरी विद्यालय प्रङागणमा एक औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको कार्यक्रममा गत वर्षको फाल्गुण २५ र २६ गते सम्पन्न छनौट परीक्षाको आधारमा छानिएका कुल २३ जना विद्यार्थी मध्ये बाँकी रहेका ४ जनालाई वितरण गरिएको हो ।
त्यस अघी पोखरा, गोरखा र लमजुङ्ग गरी ३ चरणमा छनौट भएका कक्षा ८ का १९ जना नयाँ विद्यार्थी र कक्षा ९ र १० का ३६ जना पुराना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरीएको प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ्गले जानकारी दिए । अध्यक्ष चिजकाजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू प्ये ल्हु संघ लमजुङ्गका अध्यक्ष क्या.माल बहादुर तमू र सचिव मनमाया तमूले बोलेका थिए । कार्यक्रममा न्यू एराका प्रिन्सीपल ओम कायस्थले प्रतिष्ठानको कामको प्रसंशा गर्दै आगामी शैक्षिक सत्रको लागि ५ जना भुकम्प पीडित विद्यार्थीलाई प्रतिष्ठानको सिफारिसमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म निःशुल्क पढाउने घोषणा गरे ।
लेखनाथमा रहेको नेपाल आदर्श आवासीय विद्यालयका प्रिन्सीपल कमल तमूले समेत आगामी सत्रबाट कक्षा ८ बाट कक्षा १२ सम्म २ जना विद्यार्थीलाई आवासीय सुविधा सहित निःशुल्क पढाउने घोषणा गरी सक्नु भएको छ । चौथो चरणमा छात्रवृत्ति पाएका विद्यार्थीहरुमा विनित तमू (श्री लताकुञ्ज मा.वि), दुर्गा कुमारी तमू (श्री ग्राम कल्याण नि.मा.वी), पवन तमू(श्री पाचोक मा.वि), कुमाया तमू (श्री पाचोक मा.वि), डिलमाया तमू (श्री घले उत्तरकन्या मा.वि) र सुरेन्द्र तमू (श्री सृजनशील नि.मा.वि) रहेका छन् । उनिहरुलाई क्रमशः सैत देवी प्रभु भाइ पटेल छात्रवृत्ति, कमल तथा पुनम छात्रवृत्ति, ज्ञाम तथा प्रेमा छात्रवृत्ति, कमल तथा जयन्ती छात्रवृत्ति, स्व.क्या. मिन बहादुर छात्रवृत्ति र प्रितम कुमार तथा राजकुमारी छात्रवृत्ति प्रदान गरिएको हो । जनही वार्षिक ८ हजारका दरले माथीका सबै विद्यार्थीहरुले ३ वर्ष सम्म उक्त छात्रवृत्ति प्राप्त गरिनेछ । तर ती विद्यार्थीले हरेक वार्षिक परीक्षामा उत्तिर्ण हुनु पर्नेहुन्छ ।
कार्यक्रममा संस्थाका सदस्य सचिव भेष तमूले संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए भने सदस्य सचिव श्रीजंग तमूले कार्यक्रमको संञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution