पोखरा-
बैदाम तामाङ्ग समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा यस वर्ष पनि ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गर्ने भएको छ । तामाङ्ग समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा आयोजना गर्न लागिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।
पहिलो संस्करणको मिस तामाङ्ग प्रतियोगिताको सफलताले हौसिएर दोस्रो संस्करणको कार्यक्रम गर्न लागेको तामाङ्गले बताए । प्रतियोगिताका लागि पोखरामा उपलब्ध तामाङ्ग समुदाय, समाज र अभिभावकहरुलाई आह्वान गरिसकेको कार्यक्रम संयोजक जेसिका तामाङ्गले जानकारी दिए । ‘प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिलाई युवा पुस्तामाझ बुझाउन र हस्तान्तरण गर्नका लागि गरिएको हो ।’ उनले भनिन । प्रतियोगीहरुलाई १ महिना सम्म तामाङ्ग भाषा सिकाइनुका साथै, तामाङ्ग जातीको परम्परा, रितीरिवाज, संस्कार र संस्कृतिका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका विषयमा तालिम प्रदान गरिने सह–संयोजक जयन्ती मोक्तानले बताए । यसका अलावा ब्यक्तित्व बिकास, बोल्ने कला, तनाव ब्यवस्थापन, महिला सशक्तिकरण, आत्मविश्वास, करियर विकास सम्बन्धी तालिम पनि दिइने छ । पहिलो मिस तामाङ्ग पोखरा निमा तामाङ्गले तामाङ्ग समुदायका युवतीहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गर्दै भने ‘रकममा दिइने पुरस्कार राशी ठुलो होइन रहेछ, आफ्नो जातीको बारेमा अध्ययन गरेर समुदायको गौरब बन्नु चाँही ठुलो कुरा रहेछ ।’
माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु निमा रुम्वा, कुन्ती मोक्तान, मिलन लामा लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए । उक्त कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ्ग समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बा निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
फाइल फोटो
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution