माथिल्लो सेती नदिमा भोली देखि हिमालयन हवाईट वाटर प्रतियोगिता

पोखरा –

पोखराको उपल्लो सेती नदिमा पहिलो पटक साहासिक खेल हिमालयन हवाईट वाटर प्रतियोगिता हुने भएको छ ।

नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज नाराले आज पोखरामा पत्रकार सम्मेलन गरी भोली देखि प्रतियोगिता सुरु हुन लागेको जानकारी दिएको हो । कायाकिङ प्रतियोगिता सेती नदिमा मा तीन दिन सम्म चल्नेछ ।

प्रतियोगितामा ६० विदेशी सहित झण्डै एक सय ५० जनाले सहभागिता जनाउने आयोजकले बताएको छ । कास्कीको मर्दीघाट बाट याम्दी स्थिित सेती बाँध सम्म करिव ५ किलोमिटर क्षेत्रमा प्रतियोगिता सञ्चालन हुने नाराका उपाध्यक्ष विरेन्द्रलामाले जानकारी दिएका छन ।

प्रतियोगिता ३ वटा बिद्यामा सञ्चालन हुने छ । एक किलोमिटरको डाउन रिभर रेस , स्ट्रिम सलालम र बोर्डर क्रस हेड टु हेड गरी प्रत्येक दिन एउटा विधामा प्रतिश्पर्धा हुनेछ । प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्धितिय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागि मध्येबाट पहिलो दिन डाउन रिभर रेस अन्तर्गत २५ र बोर्डर क्रस हेड टु हेड अन्तर्गत ४ गरी २९ जना फाईनल प्रतिश्पर्धाका लागि छनौट हुने लामाले जानकारी दिए ।

प्रतियोगितामा सिनियर तर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै जुनियर तर्फ पहिलो ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैया प्रदान गरिनेछ ।

महिला तर्फ विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च अनुमान गरिएको छ । १५ औं संस्करणको प्रतियोगीताले पोखरामा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङ पर्यटनको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button