कास्कीमा फुटसल संघ गठन

पोखरा-
फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं खेलकुद संघ समेत हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सञ्जय लिगलको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा सुसिल केसी रहेका छन । त्यसै गरि सचिवमा प्रदिप घिमिरे, सहसचिवमा धर्मराज पराजुली, कोषाध्यक्षमा जयन्त सिंह र सदस्यहरुमा प्रकाश पराजुली, मोहन कुवंर, डा. दिवश क्षेत्री, दामोदर बराल, दिपक बास्तोला, उमेश पुन र नवराज कोइराला रहेका छन । सदस्य पुन नेपाल खेलकुद पत्रकार मंचको तर्फ बाट प्रतिनिधित्व गर्नेछन ।

नव गठित कार्य समितीको घोषणा कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित गर्न सवैको सहयोग आबश्यक रहेको वताए । उनले १३ औं सागलाई मध्येनजर गर्दै पोखरा रंगशालामा पुर्वद्धार विकास लगाएतका कार्यहरु सुरु गरिने समेत जानकारी दिए । उनले पोखराको फुटबल स्टेडियम निर्माणका लागि अवबो एक दुई दिनमा नै डिपिआरका लागि सम्झौता हुने वताए । उनले रंगशालमा भत्किनलागेको गेट र पर्खालको पनि मर्मत सम्भार गरिने वताए ।

नेपाल फुटसल संघका केन्द्रिय उपाध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक, जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार। कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरम बहादुर लामिछाने, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले मन्तव्य राखेका थिए ।
तस्विरः उमेश पुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button