पोखरामा शुक्रबार देखि हुने अन्तर व्यवसायी फुटसल प्रतियोगिताको तयारी पुरा

पोखरा न्युज –
पोखरामा शुक्रबार देखि संचालन हुने अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को तयारी पुरा भएको छ ।

साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा दुई दिन चल्ने उक्त प्रतियोगिताको तयारी पुरा भएको प्रतियोगिता संयोजक मोतिराज तिमिल्सिनाले बताए ।

पोखरा गैह््रापाटनमा रहेको पोखरा फुटसल एरिनामा हुने उक्त प्रतियोगिता करिब १८ टिमको सहभागिता हुने भएको तिमिल्सिनाले बताए । पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलको बजार प्रबद्र्धन गर्न पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक तिमिल्सिनाले बताए । प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई मेडल प्रदान गरिने भएको छ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख ८० हजार खर्च लाग्ने आयोजकले जनाएको छ भने प्रतियोगिताबाट ३ लाख १७ हजार आम्दानी गर्ने लक्ष्य राखिएको सचिव सुर्यराज त्रिपाठीले बताए । साँघुमुख महेन्द्रपुल क्षेत्रमा हाल एक सय १ वटा विभिन्न व्यापारिक प्रतिष्ठानहरु रहेको संयोजक तिमिल्सिनाले बताए ।

कास्की जिल्ला फुटसल संघको बिषेश सहयोगमा संचालन हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजक चेरिष्मिा ईम्पोरियम न्यूरोड, पोखरा र दोश्रो पुरस्कार प्रयोजकमा सिद्धार्थ बैंक लिमिटेड चिप्लेढुंगा पोखरा रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button