पोखरा आउदै गरेको हेलिकप्टर तनहुँको काफ्लेफाँटमा आकस्मिक अवतरण

पोखरा न्युज –

मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो । सो हेलिकप्टर १२ बजे अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका दुईजना, नेदरल्याण्डका नागरिक एकजना र दुई यात्रु गरी पाँचजना सवार रहेको जानकारी प्रधानाध्यापक काफ्लेले दिनुभयो ।

मनाङबाट नेदरल्याण्डका बिरामी नागरिकसहित ती यात्रु लिएर जाँदै गरेको हेलिकप्टर अवतरण गरेको हो । तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले पनि हेलिकप्टर खराब मौसमका कारण उक्त ठाउँमा अवतरण गरेको बताउनुयो । सो हेलिकप्टर मौसम सफा भएपछि उड्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button