हेलम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ स्पोर्ट सेन्टर विकास गरिने

पोखरा न्युज –

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी र नेपालका लागि जापानका राजदूत मासाही ओगावाबीच शुक्रबार भएको भेटमा नेपाली खेल प्रशिक्षकलाई छोटो तथा लामो अवधिका खेल प्रशिक्षण उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मन्त्रालयमा शुक्रबार भएको सो भेटमा युवा तथा खेल प्रतिनिधिमण्डलको आदानप्रदानका साथै खेल पूर्वाधारको विकासका लागि सिन्धुपाल्चोकको हेलम्बुलगायत स्थानमा हाइ अल्टिच्युड टे«निङ स्पोर्ट सेन्टरको विकास गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

मन्त्री केसीले युवा तथा खेलकुद क्षेत्रको विकासमा जापान सरकारको निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो भने राजदूत ओगावाले नेपालको युवा तथा खेलकुद क्षेत्र र भूकम्पले क्षति पुरयाएको दशरथ रंगशालालगायतको पूर्वाधारको पुनःनिर्माणको अवस्थाका बारेमा जिज्ञासा राखेको मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button