नेपाल फिजिकल ट्रेनिङ एशोसियशनका संस्थापक सदस्य रञ्जितको पोखरामा निधन

पोखरा न्युज –

नेपाल फिजिकल ट्रेनिङ एसोसिएशनका संस्थापक सदस्य एवं हाल केन्द्रिय तथा क्षेत्रिय समितिका सक्रिय सदस्य एभान कुमार रञ्जितको आज विहान पोखरामा दुःख निधन भएको छ । विगत केहि दिनदेखि निमोनियका कारण विरामी पर्नुभएका रञ्जितको मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भईरहेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खेलकुद क्षेत्रमा अत्यन्तै क्रियाशील रहनुभएका रञ्जित एथलेटिक्स संघ कास्कीको कार्यसमिती सदस्य तथा एथलेटिक्स प्रशिक्षक तथा एभान ट्रेनिङ सेन्टरका सञ्चालक समेत रहनु भएको छ । अयन्तै सरल र मृदुभाषी स्वभावका रञ्जितको एक श्रीमती र एक छोरा रहेका छन् ।

यसैबीच नेपाल फिजिकल ट्रेनिङ एशोसियशन केन्द्रिय समितिका अध्यक्ष मिनराज गुरुङ तथा क्षेत्रिय समितिका अध्यक्ष गजबहादुर गुरुङले संयुक्त रुपमा शोक विज्ञप्ती जारी गरी आफ्ना सक्रिय सदस्यको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै शोकशन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ । स्वर्गीय रञ्जितको आजै दिउँसो पोखरामा अन्त्येष्टि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button