पोखरा-१४ चाउथेबाट करिब ५० करोड ठगेर महिला फरार

पोखरा न्युज ।

नेपाली परिवेशमा हुर्किएकी एक महिलाले कतिसम्म रकम ठगी गर्न सक्लिन् ? तपाईको अनुमान हुन सक्छ, एकरदुर्इ लाख। त्यो भन्दा माथि भए ५० लाख वा एकरदुर्इ करोडसम्म ।

तपाईंको यो अनुमानभन्दा धेरै माथि करिब ५० करोड रुपैयाँ ठगी गरी पोखराबाट एक महिला श्रीमान् र छोराछोरीसहित फरार भएकी छन्।

स्याङ्जा फेदीखोला गाउँपालिका घर भै हाल पोखरा १४ चाउथे बस्ने ३८ वर्षी देवकुमारी भुजेल (थापा) ले उक्त परिणामको रकम ठगी गरेको आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

कहिले घडेरी पास गर्न, कहिले गाडी तथा घर खरिद गर्न, कसैलाई विदेश पठाउन र जग्गा प्लटिङ गर्ने विभिन्न तौरतरिका अपनाई उनले विभिन्न व्यक्तिसँग रकम ठगी गरेको पीडित बताउँछन्।

आफू ठगिएको रकम उल्लेख गरी प्रहरीमा सामूहिक उजुरी दिनेमा ५२ जना छन्। सापटी भनेर दिएको रकममध्ये एक करोड रुपैयाँ बढी ठगिनेमा मात्रै पाँच जना छन्। सबैभन्दा ठूलो रकम ठगिने पीडित पोखरा ६, रत्नचोक बस्ने रामबाबु चित्रकार हुन्। उनको दुर्इ करोड रुपैयाँ ती महिलाले ठगेकी हुन्। त्यस्तै, पोखरा १४ बस्ने श्रीकान्ती थापाको एक करोड ५४ लाख, पोखरा ८ की सोनुमाया श्रेष्ठको एक करोड १७ लाख, टंकजंग क्षेत्रीको एक करोड एक लाख, पोखरा १४ चाउथेकी मीना थापाको एक करोड रुपैयाँ छ।

पीडितमध्ये ४० लाख रुपैयाँ ठगिएका देवबहादुर राना अहिले इन्तु न चिन्तु छन्। ‘यति ठूलो रकम एक महिलाले यसरी विश्वासमा पारी जालझेल गर्छिन् भन्ने सपनामा सोचेको थिइन्( उनले भने।

स्याङजा सतौ घर हाल पोखरा चाउथे बस्ने रानाले देवकुमारीलाई २०७० सालदेखि नै सानो तिनो पैसा दिई गर्जो टार्ने गर्थे। वेलावेलामा रकम पनि फर्काउने गरेकोमा पछिल्लो समय दिएको ४० लाख रुपैयाँ घर बनाउन मागेकोले दुःखमा सहयोग गर्नुपर्छ भनी सहयोग गरेको बताए। उनका अनुसार देवकुमारीले टोल छिमेकीलाई पनि आवश्यक परेको वेला रकम सापटी दिई सहयोगी देखिने गर्थिन्। उनीहरूबाट शंकाको घेरा तोड्न समय(समयमा आकर्ष ब्याज पनि दिने गरेकी थिइन्।

रानाका अनुसार जग्गा कारोबारमा संलग्न देवकुमारी जो कसैलाई पनि सहजैरूपमा विश्वास लिन सक्ने क्षमताकी थिइन्। उनीसँग २०५२ सालदेखि कारोबार गर्दै आएका मानिस पनि ठगिएका छन्। परिवारका सदस्य विदेश भएका, पूर्वसैनिक, आफन्त, छिमेकी ठगिएका हुन्। तीमध्ये अधिकांश महिला छन्।

त्यस्तै, पीडितमध्येका अर्का व्यक्ति हुन्(स्याङजा किचनास घर भै हाल पोखरा बस्ने भवानीशंकर पौडेल। दुःखले कमाएको उनको ७५ लाख रुपैयाँ यतिखेर माटोमा मिलेजस्तै भएको छ। आवश्यक पर्‍यो केही दिनलाई पैसा सापटी दिनु पर्‍यो भनेर आइन्(आर्थिक स्थिति राम्रै रहेको देखेका पौडेलले भने। ‘टोल छिमेकमा सहयोग गर्नुपर्‍यो भनी दिएकोमा यसरी आफूजस्तै अरुको ठूलो परिणाममा रकम ठगी गरेर भागेको सुन्दा छाँगाबाट खसेजस्तै भएँ’(उनले भने।

जानकारका अनुसार पोखरामा करिब २०५१ सालदेखि पढ्ने सिलसिलामा आएकी देवकुमारीको विवाह भारतीय सेनामा कार्यरत लक्ष्यबहादुर थापासँग भएको हो। ४३ वर्षो उनका श्रीमान् ३ महिना अघिमात्र पेन्सन निस्केर आएका थिए। उक्त दम्पत्तिको दुर्इ छोरी र एक छोरा छन्। उनीहरूमध्ये जेठी छोरी अमरसिंह स्कुल कक्षा १०, कान्छी कास्की मोर्डनाइज्ड कक्षा ७ र छोरा पोखरा पब्लिकमा नर्सरीका विद्यार्थी हुन्।

पीडितले आफूहरू ठगिएको भन्नेबारे भदौ १४ गते साँझमात्र भेउ पाएका हुन्। उक्त दिनदेखि देवकुमारी सर्म्पर्कमा नआएको र सोही दिन स्कुलको होस्टलमा बस्ने छोरी र अरु स्कुलबाट छोराछोरीलाई हजुरबुवाको मृत्यु भएको झुठो विवरण दिई साथ लिएर गएको स्कुल स्रोत जनाउँछ।

चाउँथेमा घर बनाउँदै गरेको जनाउने देवकुमारीको परिवार स्थानीय नारायण लम्सालको घरमा डेरा लिई बस्दै आएको थियो। लम्सालले हालैमात्र उनी देवकुमारीसँग एक करोड ५० लाखमा घर खरिद गरेका थिए। लम्साल घरको तल्लो फ्ल्याटमा बस्थे भने देवकुमारीको परिवार माथिल्लो फ्ल्याटमा। उनी लम्साललाई पनि ती महिलाले १० लाख रुपैयाँ ठगी गर्न सफल भएकी छन्।

घरधनी लम्सालसँग बुझ्दा १४ गते दिउँसोसम्म घरमा आएको, साँझ फोन सर्म्पर्क गर्दा रिसिभ नभएको र राति छरछिमेकले प्रयास गर्दा स्वीच अफ थियो। आमा र बाबु सर्म्पर्कमा नआएपछि छोराछोरी र स्कुलमा जानकारी दिन खोज्दा स्कुलमा पनि छोराछोरी लिएर गएको जानकारी भएको हो।

आफूले देवकुमारीलाई रकम दिएको भन्दै उक्त घटनाको भोलिपल्ट एकपछि अर्को मानिस घरमा भेला हुन थालेको लम्सालले बताए। पीडितका अनुसार महिलाले विभिन्न व्यक्तिलाई खाली चेक र तमसुकमा सहीछाप गरी दिएकी थिइन्।

घटनापछि, समाजका गन्यमान्य बालसिंह काउछाको घरमा पीडितको भेला बस्यो। उक्त भेलामा एक सय दुर्इ जना ठगिएको विवरण संकलन गरियो। आइतबार तीमध्ये ५२ जनाले निजलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गरी आफूले दिएको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन व्यहोरामा उल्लेख गरेको कास्की प्रहरीले जनाएको छ। गत भदौ १५ मा पनि वडा प्रहरी कार्यालय रामबजारमार्फत जिल्लामा २६ जनाको सामूहिक उजुरीमा १३ करोड रूपैयाँ ठगी उल्लेख थियो। उजुरीबारे आवश्यक प्रक्रिया अघि नबढेपछि थप पीडितसहित अर्को उजुरी परेको हो।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायवउपरीक्षक खड्कबहादुर खत्रीले उजुरीमाथि छानबिन हुने बताए। उनले भने(‘एकै व्यक्तिको दुर्इ करोड रुपैयाँसम्म ठगी भएको दाबी गरिएको छ, कस्तो ठगी हो यसबारे अनुसन्धान हुनेछ।’ उनले सर्वप्रथम सम्बन्धित महिला पक्राउ गरी ठगीको प्रकृति भेटिए कडाभन्दा कडा कारबाही हुने आश्वासन दिए।

यसरी सर्वसाधारणको रकम ठग्ने गरिएको भन्ने ती महिला आफ्ना छोराछोरी र श्रीमान्सहित कहाँ फरार भइन् भन्ने यकीन भन्न नसकिने पीडित बताउँछन्।

स्रोत: आदर्शसमाज, विजय नेपाल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button