बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ

पोखरा न्युज – २५ चैत्र ।

पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन तनाब सिर्जना भएको छ ।

गत बिहिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आइतबार पुन भेला भएका हुन् । डाक्टरको लापरबाहिका कारण  बच्चाको मृत्यु भएको भन्दै  बच्चाका आफ्न्तले अस्पतालमा बिरोध जनाउदै आएका  छन्  ।

पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ निवासी  संगिता परियारको  साढे २ बर्षको छोरा रोहित परियारको गत २२ गते बिहिबार बिहान ८ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बालक परियारलाई त्यसको दुई दिन अगाडी मात्र   (चैत २० गते) सामान्य ज्वरो आएपछि आफन्तले  उपचारको लागि  पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा  लगेका थिए । उक्त दिन बिहान  ६ बजेको समयमा डाक्टरले बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे बच्चाको मुत्यु भएको थियो   ।

आइतबार मृतकका आफन्तहरु पुन भेला भएपछी  वडा प्रहरी कार्यालय रामबजारबाट अस्पतालमा  सुरक्षार्थ २१ जनाको प्रहरी टोलि खटाइएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिएका  छन् ।

मृतक बच्चाका आफन्तले गत बिहिबार पनि  लापरबाहिका कारण  बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।

घटनापछि  अस्पताल प्रशासन र पिडित पक्षबिच वार्ता भएपनि कुरा मिलेको छैन  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button