पोखराको लेकसाइडमा रहेका रोड डिभाइडरमा फुलबारी निर्माण

पोखरा न्युज – २६ चैत्र ।

होटल प्रतिनिधि समाज पोखराले लेकसाइडकोे मेन हाईवेयमा रहेका रोड डिभाइडरमा फुलबारी निर्माण गरि सोमबार एक कार्यक्रमका विच फूलका विरुवाहरु रोपेका छन ।

पोखरा लेखनाथ महानगरपालिका वडा न ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले कार्यक्रमका उद्दघाटन गर्दै आफुले मर्मत सभार सहित फुलबारी निर्माण गर्नेका लागि महानगरपालिका र पोखरा उद्योग बाणिज्य संघसंग पटक पटक कुराकानी गरेका तर आफ्नो कुराको कुनै सुनुवाई नै नभएको भन्दै दुख ब्यक्त गरे थिए । उनले महानगरपालिकाले गर्नुपर्ने काम प्रतिनिधि समाजले गरेर उदाहरणिय कामको थालनि गरेको भन्दै संस्थाको प्रशंसा गर्दै आफ्ना भनाई राखेका थिए ।

लेकसाइडको डिहिको पाटन देखी जरेबर सम्ममा रहेका करिब ३ सय ५० मिटर सम्मको क्षेत्रमा रहेका डिभाइडरहरुलाई सफागरि नयाँ मलिलो माटो र मल हालि सफा गरिएको छ । पोखरा महानगरपालिकाले बनाएर बेवारिसे अवस्थामा छोडिएको उक्त डिभाइडरमा होटल प्रतिनिधि समाज पोखराले रंगरोगन सहित फुलबारी बनाउको लागेकोमा उपस्थित स्थानिय समाजसेवी र संघ संस्थाहरुले राम्रो कामको थालनि भनि प्रशंसा गरेका छन ।

फुलबारी बनाउन लागेको उक्त क्षेत्रमा सिजनेवल फुल सहित हरियो धुपिका रोपिएको छ । उक्त फुलबारीलाई आगामि दुई बर्ष सम्मका लागि होटल प्रतिनिधि समाजले मलजल देखी देखदेखको जिम्मा लिएको समाजका अध्यक्ष नगेन्द्र थापाले जानकारी दिएका छन । पोखरा महानगरपालिका बडा न ६ सगँ समन्वय गरि उक्त कार्यको थालनी गरिएको अध्यक्ष थापाको बताए । संस्थाका अध्यक्ष नगेन्द्र थापाको सभा अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन ब्यवसायि तथा सल्लाहकार गणेश बहादुर भट्टराई, कोषाअध्यक्ष पुरुषोतम न्यौपाने र महासचिब सन्तोष काफ्ले लगाएका बक्ताहरुले फुलबारी निर्माण गरेर मात्र नहुने भन्दै यसको गोडमेल, मलजल देखी देखदेखमा समेत ध्यान दिन आयोजकलाई आग्रह गरेका थिए ।

सस्थाले समाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गर्ने लागेको र दुई बर्ष सम्म मलजल, रंगरोगन र रेखदेख सहित करिब १ लाख ८० हजार खर्च लाग्ने अनुमान रहेको अध्यक्ष बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button